शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा पुनः सुरु

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ३१ असार । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयदेखि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा आएको छ। सेवा पुनः सुरु भएसँगै गरिएको पहिलो कलेजो प्रत्यारोपण सफल भएको छ। केन्द्रका अनुसार गत असार १९ गते कलेजो प्रत्यारोपण गरिएकी काठमाडौंको असन निवासी ३९ वर्षीया गंगा श्रेष्ठ प्रत्यारोपणको ११औँ दिन असार २९ गते सकुशल डिस्चार्ज भएकी छन्। उनलाई उनका ४७ वर्षीय देवर संजय श्रेष्ठले आफ्नो आधा कलेजो दान गरेका थिए। कलेजोदाता संजय भने प्रत्यारोपण भएको छैटौँ दिनमै असार २५ गते अस्पतालबाट डिस्चार्ज भए ।

कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रामबाबु साहका अनुसार कलेजो प्रत्यारोपित र अंगदाताको स्वास्थ्य अवस्था राम्रो रहेको छ। प्रत्यारोपणपछि दुवैले केन्द्रबाट प्राप्त सेवाप्रति सन्तुष्टि व्यक्त गर्दै आफ्नै देशमा सहज रूपमा कलेजो प्रत्यारोपण सेवा पाउन सकिएको बताएका छन्। केन्द्रले संसारकै न्यूनतम शुल्कमध्ये पर्ने १५ देखि २० लाख रुपैयाँमै कलेजो प्रत्यारोपण सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। विदेशमा यस प्रकारको उपचारका लागि करोडौँ रुपैयाँ खर्चिनुपर्ने अवस्थाको तुलनामा नेपालमै सुलभ शुल्कमा सेवा उपलब्ध हुनु बिरामीका लागि ठूलो राहत भएको केन्द्रको भनाइ छ।
डा. रामबाबु साहको नेतृत्वमा सम्पन्न प्रत्यारोपणमा शल्यचिकित्सक, एनेस्थेसिया, क्रिटिकल केयर, रेडियोलोजी, कार्डियोलोजी, प्याथोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी, नर्सिङ, ओटी व्यवस्थापन, डाइटिसियन, फिजियोथेरापिस्ट तथा व्यवस्थापन र समन्वयतर्फका चिकित्सक एवं स्वास्थ्यकर्मीहरूको ठूलो टोली सहभागी भएको थियो।

केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठका अनुसार केन्द्रले नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण तथा मस्तिष्क मृत्युपछि हुने मिर्गौला र कलेजो प्रत्यारोपण सेवा सुरु गरेर अंगदान तथा प्रत्यारोपण क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। उनका अनुसार १४ वर्षको अवधिमा केन्द्रले ९९ प्रतिशतभन्दा बढी सफलता दरका साथ एक हजार ६६६ जनाको मिर्गौला र ३७ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ।
उनले उपयुक्त जग्गा र आफ्नै भवनको अभावका बीच पनि केन्द्रले विश्वस्तरीय प्रत्यारोपण सेवा प्रदान गर्दै देशभर हुने कुल प्रत्यारोपणमध्ये करिब दुई तिहाइ प्रत्यारोपण यही केन्द्रबाट भइरहेको बताइन्। साथै अंगदान तथा प्रत्यारोपणसम्बन्धी कानुन परिमार्जनदेखि सेवा विस्तारसम्म केन्द्रले उल्लेखनीय योगदान पुर्‍याएको उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न...

सभापति लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता, राहत र उद्धार प्रभावकारी बनाइने

काठमाडौं, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता...

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...