रौतहटमा पेट्रोल छर्केर एक युवाले गरे आत्मदाह प्रयास

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३१ असार । रौतहटमा पेट्रोल छर्केर एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। गरूडा नगरपालिका-९ गमरिया टोलका २८ वर्षीय गौतमकुमार सहनीले गए राति १ बजेतिर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सीताराम रिजालले जानकारी दिए।

उनकाअनुसार सहनीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए। उनलाई उपचारका लागि अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा ल्याइएको छ। एसपी रिजालका अनुसार उनको शरीरमा ३१.५ प्रतिशत जलन भएको छ। उनी डिप्रेशनमा रहेको र मापसे सेवन अत्यधिक गर्ने गरेको परिवारले प्रहरीलाई जानकारी दिएका छन्।

यसअघि पछिल्लो समय तीन जनाले आत्मदाह गरिसकेका छन्। मुगुका गणेश नेपाली, काठमाडौंका आश्विन राउत र सर्लाहीका विवेक मण्डलको आत्मदाह पछि मृत्यु भएको थियो।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...