ललितपुर र बेथानचोकलाई मेयर कप भलिबल उपाधी

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, २७ असार । बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा ललितपुर महानगरपालिका र बेथानचोक गाउँपालिकाले उपाधि जितेका छन् । शनिबार जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा सम्पन्न पुरुषतर्फ फाइनलमा ललितपुर महानगरपालिकाले महांकाल गाउँपालिकालाई ३-० को सेटले पराजित गर्दै च्याम्पियन बन्यो । ललितपुरले २५-२०, २५-१५, २५-२० को जित निकाल्यो । पुरुषतर्फ माडी नगरपालिका तेस्रो स्थानमा रह्यो ।

महिलातर्फ बेथानचोक गाउँपालिकाले काठमाडौं महानगरपालिकालाई ३-१ को सेटमा पराजित गर्दै उपाधि जित्यो । बेथानचोकले पहिलो सेट २५-१६ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट २१-२५ ले गुमाएको थियो । त्यसपछि तेस्रो सेट २५-२३ र चौथो सेट २५-८ ले जित्दै बेथानचोक च्याम्पियन बन्यो । महिलातर्फ ललितपुर महानगरपालिका तेस्रो स्थानमा रह्यो ।
विजेता दुवै टोलीले समान २ लाख तथा उपविजेता टोलीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । पुरुषतर्फ ललितपुरका अशोक श्रेष्ठ र महिलातर्फ बेथानचोककी रिक्जना भोटे सर्वोत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
महिलातर्फ उत्कृष्ट स्पाइकर काठमाडौंकी सुनिता बस्नेत, उत्कृष्ट सेटर बेथानचोककी पूर्णकला केसी, उत्कृष्ट ब्लकर काठमाडौंकी सारिका कार्की तथा उत्कृष्ट लिबेरो ललितपुरकी स्मृति राई घोषित भए । उनीहरूले जनही ५ हजार पुरस्कार पाए ।
पुरुषतर्फ उत्कृष्ट स्पाइकर महांकालका बलदेवसिंह धामी, उत्कृष्ट सेटर ललितपुरका सुवास कुँवर, उत्कृष्ट ब्लकर ललितपुरका चिरन खड्का, उत्कृष्ट सर्भर महांकालका अनिल सिंह र उत्कृष्ट लिबेरो ललितपुरका राजन दर्लामी मगर घोषित भए । उनीहरूले पनि जनही ५ हजार पुरस्कार पाए ।
विजेता टोलीका खेलाडीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्यलगायतले ट्रफी तथा नगद पुरस्कार प्रदान गरे ।
प्रदेशस्तरमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले  ललितपुर महानगरपालिकाको सहयोगमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले प्रतियोगिता आयोजना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Mental Health Awaress
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन ४ महिनामै सम्पन्न

मकवानपुर , ३१ असार । बागमती प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा पुनः सुरु

भक्तपुर, ३१ असार । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयदेखि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा...

रौतहटमा पेट्रोल छर्केर एक युवाले गरे आत्मदाह प्रयास

काठमाडौं, ३१ असार । रौतहटमा पेट्रोल छर्केर एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। गरूडा नगरपालिका-९ गमरिया टोलका २८...

डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा

भक्तपुर, ३१ असार । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा भएको छ । सूर्यविनायक नगरपालिका-८...