सुनचाँदीको मूल्यमा गिरावट

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २१ असार । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत बिहीबार भने छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो, जुन शुक्रबार एकैदिन तोलामा ७ हजार २०० रुपैयाँले बढेको थियो।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ६०५ रुपैयाँ तोकिएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार यसको मूल्य प्रतितोला ४ हजार ४५० रुपैयाँ रहेको थियो।
अन्तरराष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड कायम हुँदै आएको व्यवसायीहरू बताउँछन्।
पछिल्लो समय विश्वव्यापी आर्थिक अस्थिरता र सुरक्षित लगानीका रूपमा सुनको माग बढ्दा अन्तरराष्ट्रिय बजारसँगै नेपाली बजारमा पनि यसको मूल्य उच्च विन्दुमा पुगेको हो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार १७४ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६२ अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रसुवा बाढी अपडेट : ९०३ जनाको शव फेला, १०, ४५१ को उद्धार

काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ ।  राष्ट्रिय विपद्...

सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न...

सभापति लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता, राहत र उद्धार प्रभावकारी बनाइने

काठमाडौं, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता...

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...