बागमती प्रदेशको बजेट बहुमतले पारित

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, २१ असार । बागमती प्रदेश सरकारको आगामी आव २०८३/०८४ को बजेट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रदेश सभाको बैठकले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८३ बहुमतले पारित गरेको हो । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले संसदमा पेश गरेको प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन गरियोस् र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

मन्त्री तामाङले पेश गरेको उक्त प्रस्तावलाई उपसभामुख अप्सरा चापागाईले निर्णयार्थ प्रस्तुत गरेकी थिइन् । उपसभामुख चापागाईले निर्णायार्थ प्रस्तुत गरेको प्रस्तावको पक्षमा प्रतिपक्षी सांसद विपक्षमा प्रस्तुत भएका थिए । प्रस्तावको पक्षमा बढी सांसद रहेकाले उपसभामुख चापागाईले सरकारको विनियोजन विधेयक र अर्थ विधेयक बहुमतले पारित भएको घोषणा गरेकी थिइन् ।
प्रदेश सभामा सरकारको बजेटमाथि सांसदहरुले गत असार १६ देखि निरन्तर छलफल गर्दै आएका थिए । सांसदहरुले बजेटमाथिको छलफलमा राखेका धारणा बारेमा शुक्रबार र शनिबारको बैकठले विभागीय मन्त्रीहरुले जवाफ दिएका थिए । बागमती सरकारले असार १ मा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट पेश गरेको थियो । बागमतीमा कांग्रेसको नेतृत्वमा एमालेको संयुक्त सरकार छ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Mental Health Awaress
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन ४ महिनामै सम्पन्न

मकवानपुर , ३१ असार । बागमती प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा पुनः सुरु

भक्तपुर, ३१ असार । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयदेखि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा...

रौतहटमा पेट्रोल छर्केर एक युवाले गरे आत्मदाह प्रयास

काठमाडौं, ३१ असार । रौतहटमा पेट्रोल छर्केर एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। गरूडा नगरपालिका-९ गमरिया टोलका २८...

डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा

भक्तपुर, ३१ असार । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा भएको छ । सूर्यविनायक नगरपालिका-८...