बागमती प्रदेश सरकारले थाल्यो अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षामा सहयोग

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, २० असार । बागमती प्रदेश सरकारले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन पालिकाहरुलाई आर्थिक सहयोग गर्न सुरु गरेको छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएका मकवानपुरका दुई पालिकालाई  प्रदेश सरकारले ५० प्रतिशत रकम सहयोगदान गरेको हो । सामाजिक सुरक्षा कोषमा अनौपचारिक श्रमिकको पहुँच बढाउने उद्देश्यका साथ शुक्रबार प्रदेशको श्रम, रोजगार तथा यातायात मन्क्रालयले र सामाजिक सुरक्षा कार्यत्रम लागु गरेका मकवानपुरको भीमफेदी र ईन्द्रसरोवर गाउँपालिकासँग प्रारम्भिक योगदानमा  सहयोगदान गर्ने सम्बन्धी सम्झौता गर्दै रकम उपलब्ध गराएको छ ।

प्रदेश सरकारले अनौपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा कार्यविधि अन्तरगत छनौट भएका पालिकासँग सम्झौतापत्रमा हस्ताक्षर गर्दै स्थानीय तहमा जम्मा भएको रकमको अधिकतम ५० प्रतिशतसम्म सहयोगदान गर्नेगरी भीमफेदीलाई ११ लाख ४ सय र ईन्द्रसरोवरलाई ६८ हजार ४ सय रूपैयाँ हस्तान्तरण गरेको हो। भीमफेदीले हालसम्म अनौपचारिक क्षेक्रका ३११ जना र ईन्द्रसरोवरले ४० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याएको छ । जस अन्तरगत त्रमश भीमफेदीले वार्षिक २२ लाख ८ हजार ८१७ र ईन्द्रसरोवर गाउँपालिकाले वार्षिक १ लाख ३३ हजार ८३९ रुपैया योगदान गर्दै आएको छ । कार्यविधि अनसार कार्य सम्पन्न भएपछि भुक्तानी गरिने व्यवस्था भए अनुसार प्रदेश सरकारले सोही बराबरको रकमको अधिकतम ५० प्रतिशतसम्म सहयोगदान गरेको मन्त्रालयकी प्रवक्ता सुनिता गजुरेलले बताइन् ।  <span;>स्थानीय तहद्वारा कोषमा दाखिला गरिएको रकमको शोधभर्ना स्वरुप सम्बन्धित स्थानीय तहको खातामै रकम उपलब्ध गराइएको छ ।
उक्त कार्यत्रम आगामी वर्ष अन्य स्थानीय तहमासमेत लागु हुने भन्दै प्रदेशभित्रका अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

मन्त्रालय र स्थानीय तहबीच सम्झौतापछि श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले रोजगारीको हक नागरिकको संविधान प्रदत्त अधिकार भएको चर्चा गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले विपन्न समुदाय लाभान्वित हुने बताए । सामाजिक सुरक्षा कोषमा सहयोगदान गर्नु तीनै तहको सरकारको दायित्व भएको भन्दै यसको सुरुवात बागमती प्रदेशबाट भएको दाबी गरे । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयन लोककल्याणकारी कार्यक्रम भएको बताए ।
मन्त्रालयले स्थानीय तहसँगको सहकार्यममा चालु आर्थिक वर्ष २०८२/०८३ बाट अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई कोषमा आवद्ध गर्न प्रारम्भिक योगदानमा सहयोगदानको सुरुवात गरेको हो । अनौपचारिक क्षेत्रमा रहेका श्रमिकको तर्फबाट स्थानीय तहले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र सम्बन्धित श्रमिकको ११ प्रतिशत गरी २०.३७ प्रतिशत रकम मासिक रुपमा कोषमा योगदान गर्नुपर्ने हुन्छ । श्रमिकको नाममा कोषमा योगदान गर्नुपर्ने रकममध्ये प्रदेश सरकारले उक्त रकमको अधिकतम ५० प्रतिशतसम्म यस कार्यक्रम अन्तर्गत सहयोगदान रकम स्थानीय तहलाई उपलब्ध गराउने छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...