बाढीले अस्थायी ड्याम भत्काएपछि मेलम्चीको पानी बन्द

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ असार । बाढीले अस्थायी ड्याम भत्काएपछि काठमाडौं उपत्यकामा वितरण भइरहेको मेलम्चीको पानी मुहानमै बन्द गरिएको छ । मेलम्ची साइटका प्राविधिकहरुले दिएको जानकारी अनुसार बिहीबार राति ९ बजे सुरुमा पानी धरै धमिलो आएको थियो । त्यसपछि मुहानमा निर्माण गरिएको अस्थायी ड्यामको संरचनालाई बाढीले क्षति गरेको थियो । बिहीबार रातिदेखि नै सुरुङमा पानी पठाउन छाडेको ती  प्राविधिकले बताए ।
सिन्धुपाल्चोकको हेलम्बुमा रहेको मुहान आसपासका क्षेत्रमा बर्सात्‌का कारण बाढी आएको हो । ‘पानीको बहाव घटेको छैन,’ ती कर्मचारीले भने, ‘तत्कालै पानी पठाउने सम्भावना देखिँदैन ।’ मेलम्ची आयोजनाका सिनियर डिभिजन इन्जिनियर तथा प्रवक्ता मधु तिमिल्सनाले पानी बन्दको औपचारिक निर्णय नभएको बताए । उनले पानी धमिलो आएको र बाढीको सम्भावना रहेकाले अब के गर्ने छलफल भइरहेको बताए ।

०७८ असारको बाढीले मेलम्ची आयोजनाको मुहान पूरै ध्वस्त बनाएका कारण बर्सात्‌मा बर्सेनि पानी बन्द गरिँदै आएको छ । त्यतिबेला हिमाली भेग भेमाथाङबाट अचानक आएको बाढीले हेलम्बुदेखि मेलम्ची र काभ्रेको दोलालघाटसम्म क्षति गरेको थियो । उक्त बाढीपछि मेलम्ची मुहान सार्ने निर्णय भए पनि त्यसको अन्तिम रिपोर्ट तयार नभएको मेलम्ची आयोजनाले जनाएको छ । मुहान नबनेका कारण सुक्खा मौसममा मात्र सुरुङबाट पानी काठमाडौं ल्याउने गरिएको छ । यस पटक अस्थायी ड्यामलाई नै क्षति गरेकाले पानी ल्याउन लामो समय कुर्नुपर्ने हुन सक्ने आयोजनाका अधिकारीहरुले बताए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...