छाडा कुकुर नियन्त्रणमा सूर्यविनायकको कडाइ, नियम उल्लङ्घन गरे १० हजारसम्म जरिवाना

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १९ असार । सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा छाडा कुकुरको संख्या बढ्दै जानुका साथै कुकुरले मानिसलाई टोक्ने घटनामा वृद्धि भएपछि छाडा तथा घरपालुवा कुकुरको व्यवस्थापनमा कडाइ गरेको छ। प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यद्वारा जारी सूचनामार्फत नगरपालिकाले घरपालुवा कुकुर पाल्ने व्यक्तिले अनिवार्य रूपमा पालना गर्नुपर्ने नियम सार्वजनिक गर्दै उल्लङ्घन गरे कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको हो। नगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक सडक, पार्क तथा खुला स्थानमा दिसापिसाब गराउन नहुने, बाहिर लैजाँदा अनिवार्य रूपमा पट्टा प्रयोग गर्नुपर्ने तथा कुकुरले दिसापिसाब गरेपछि तत्काल सफा गरी सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्ने जनाएको छ।

त्यसैगरी, सबै घरपालुवा कुकुरलाई नगरपालिकामा अनिवार्य रूपमा दर्ता गराई रेबिजसहित आवश्यक खोप नियमित रूपमा लगाउनुपर्ने तथा कुकुरलाई खुला छाड्न नहुने व्यवस्था गरिएको छ। सूचनामा छाडा कुकुरमा रेबिज वा अन्य सङ्क्रामक रोगको शङ्का देखिएमा तत्काल नगरपालिकाको पशुपन्छी विकास शाखामा जानकारी गराउन आग्रह गरिएको छ। साथै, छाडा कुकुरलाई जिस्क्याउने, लखेट्ने, ढुङ्गा हान्ने वा उक्साउनेजस्ता गतिविधि नगर्न नगरवासीलाई अनुरोध गर्दै यस्ता कार्यले कुकुर आक्रामक बन्ने र मानव सुरक्षामा जोखिम बढ्ने उल्लेख गरिएको छ।

नगरपालिकाले मुलुकी अपराध संहिता, २०७४ मा रहेको व्यवस्थासमेत स्मरण गराउँदै पशुपन्छीको हेरचाहमा लापरबाही गर्नेलाई एक वर्षसम्म कैद वा रु १० हजारसम्म जरिवाना वा दुवै सजाय, घरपालुवा कुकुर छाडा छोड्नेलाई तीन महिनासम्म कैद वा रु ५ हजारसम्म जरिवाना वा दुवै सजाय, तथा पशुप्रति निर्दयी व्यवहार गर्नेलाई पनि तीन महिनासम्म कैद वा रु ५ हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने जनाएको छ। साथै, यस्ता कसुरबाट पीडितलाई भएको क्षतिको क्षतिपूर्ति कसुरदारले नै व्यहोर्नुपर्ने कानुनी व्यवस्था रहेको सूचनामा उल्लेख छ।
सूचनामा स्वच्छ, सुरक्षित र जिम्मेवार नगर निर्माणका लागि छाडा तथा घरपालुवा कुकुरको जिम्मेवार व्यवस्थापनमा सबै नगरवासीको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै सूचनाको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न...

सभापति लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता, राहत र उद्धार प्रभावकारी बनाइने

काठमाडौं, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता...

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...