सिटिईभिटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १८ असार ।  शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ-जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ । मन्त्रालयले आईटी तथा डिजिटल नीतिविज्ञ डा.अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे, स्टेम शिक्षा विज्ञ डा. दिपेश्वर मान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो ।

सिटिईभिटीको एकेडेमिक काउन्सिल परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय हो । यसले पाठ्यक्रम विकास, नयाँ कार्यक्रमको स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्याङ्कन प्रणाली तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको दीर्घकालीन नीतिगत दिशानिर्देशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

स्कुटरसहित बगेर बेपत्ता चालक ४ दिन पछि मृत फेला

मकवानपुर, ३२ असार । इन्द्रसरोवरस्थित सिमखोलाले चार दिनअघि स्कुटरसहित बगेर बेपत्ता भएका चालक मृत अवस्थामा फेला परेका छन...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन ४ महिनामै सम्पन्न

मकवानपुर , ३१ असार । बागमती प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा पुनः सुरु

भक्तपुर, ३१ असार । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयदेखि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा...

रौतहटमा पेट्रोल छर्केर एक युवाले गरे आत्मदाह प्रयास

काठमाडौं, ३१ असार । रौतहटमा पेट्रोल छर्केर एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। गरूडा नगरपालिका-९ गमरिया टोलका २८...