साथीको हत्या गरेको भन्दै प्र्याङ्क भिडियो बनाएको आरोपमा एक पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १५ असार । साथीको हत्या गरेको जस्तो देखिने प्र्याङ्क भिडियो बनाएर झुट्टा अफवाह फैलाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले पर्वतको फलेबास नगरपालिका-१० घर भई हाल ललितपुर महानगरपालिका–७ चाङ्गाथलीस्थित युनाइटेड कालोनी नजिक डेरा गरी बस्दै आएकी २५ वर्षीया मन्दिरा गुरुङलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, आइतबार साँझ करिब ६ बजे गुरुङले आफ्नी साथी सुस्मिता जिरेललाई भिडियो कल गरेर आफूले साथीको हत्या गरेको जस्तो दृश्य देखाएकी थिइन्। त्यसपछि जिरेलले तत्काल जिल्ला प्रहरी परिसर ललितपुरको कन्ट्रोल रुममा खबर गरेकी थिइन्।

सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग लुभुबाट खटिएको टोली घटनास्थल पुगेको थियो। तर, प्रहरी पुग्दा ओछ्यान र हातमा रङ दलिएको देखिएपछि सोधपुछका क्रममा प्र्याङ्क भिडियो बनाएको खुलेको प्रहरीको भनाइ छ। ललितपुर प्रहरीका अनुसार, शान्ति-सुरक्षामा खलल पुर्‍याउने तथा झुट्टा अफवाह फैलाउने उद्देश्यले उक्त कार्य गरिएको पाइएकाले गुरुङलाई पक्राउ गरिएको हो। उनलाई जिल्ला प्रशासन कार्यालय ललितपुरबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...