पीएल सिंह मेमोरियल टी-२० कपको उपाधि काठमाडौँ महानगरपालिकालाई : पोखरामाथि ८ विकेटको शानदार जित

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १४ असार । काठमाडौं महानगरपालिकाले पीएल सिंह मेमोरियल टी-२० कप २०८३ को उपाधि जितेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा पोखरा महानगरपालिकालाई ८ विकेटले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो ।
टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको काठमाडौँले पोखरा महानगरपालिकालाई १२२ रनमै अलआउट गर्‍यो । त्यसपछि १२३ रनको लक्ष्य पछ्याएको काठमाडौँका ओपनर रित गौतमले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ७१ रन बनाउनुभयो । उहाँलाई रिङ्जिन लामाले अविजित ५० रन बनाएर साथ दिएपछि काठमाडौँले लक्ष्य केवल १२.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै उपाधि आफ्नो नाम गर्‍यो ।
खेलको समापन समारोहमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विजेता टोलीलाई नगद ११ लाख रुपियाँसहित ट्रफी र उपविजेता टोलीलाई नगद ५ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेका छन् । प्लेयर अफ द फाइनल काठमाडौँका रित गौतमलाई सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले पुरस्कृत गरे ।

प्रतियोगिताको व्यक्तिगत पुरस्कारतर्फ पवन सर्राफ उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर रित गौत्तमलाई जनही नगद २१ हजार रुपियाँसहित पुरस्कृत गरेकाे छ । यस्तै अर्जुन कुमाल प्रतियोगिताकै उत्कृष्ट खेलाडीका रुपमा नगद ५१ हजार रुपियाँसहित पुरस्कृत गरेको छ । यी पुुरस्कारहरु चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र वडा नं. २९ का अध्यक्ष कुश ढकालले प्रदान गरेका छन् ।
त्यस अवसरमा क्रिकेट खेलको विकास, प्रवर्धन र सुदृढीकरणमा योगदान दिए वापत उपेन्द्र भट्टराई र विजयकुमार शर्मालाई जनही ५१ हजार रुपियाँसहित सम्मानित गरियो ।

समापन अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, खुला र उदार सोचका  पूर्व प्रमुख स्वर्गीय सिंहको व्यक्तित्व स्मृति हुने टुर्नामेन्टले, खेलको विकास र स्थानीय स्तरबाट खेलाडीको उत्पादनमा योगदान हुने अपेक्षा राखेको बताइन् । ‘बागमती प्रदेश क्रिकेट संघको व्यवस्थापनमा यस वर्षको टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न भएको छ । आगामी वर्ष हामी दायरा र क्षेत्र बढाएर राष्ट्रिय टुर्नामेन्टका रुपमा सञ्चालन गर्नेछौँ,’ उनले भनिन्, ‘यो खेलले महानगरपालिकाहरुका बिचको सम्बन्धलाई नजिक ल्याएको महसुस गरेको छु ।’ कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले प्राविधिक रुपमा पोखरा उपविजेता भएको छ । तर, जितको महसुस गरेकाे बताएका छन् ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको अन्तर महानगर टी-२० खेल आन्तरिक प्रतियोगितामध्ये सबैभन्दा ठूलो राशी पुरस्कार भएको खेल हो । यसका विजेता टीमले ११ लाख रुपियाँ र उपविजेता टीमले ५ लाख रुपियाँ नगदसहित पुरस्कार प्राप्त गर्नेछ । यस्तै वेष्ट बलर र वेष्ट वाट्स म्यानलाई जनही २१ हजार रुपियाँ, प्लेयर अफ द टुर्नामेन्टलाई ५१ हजार रुपियाँ नगदसहित पुरस्कृत गरिनेछ ।
यस वर्षको प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज गरी ६ वटा महानगरपालिकाबाट राष्ट्रिय खेलाडीसहितको टोली प्रतिस्पर्धामा छन् । नेपाल सिनियर, नेपाल ए को सिनियर टीमबाट खेलेका, नेपाल अन्डर नाइन्टीन र अन्डर सिक्सटीनबाट खेलेका खेलाडीहरुले प्रतियोगितामा भाग लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Mental Health Awaress
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन ४ महिनामै सम्पन्न

मकवानपुर , ३१ असार । बागमती प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा पुनः सुरु

भक्तपुर, ३१ असार । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयदेखि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा...

रौतहटमा पेट्रोल छर्केर एक युवाले गरे आत्मदाह प्रयास

काठमाडौं, ३१ असार । रौतहटमा पेट्रोल छर्केर एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। गरूडा नगरपालिका-९ गमरिया टोलका २८...

डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा

भक्तपुर, ३१ असार । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा भएको छ । सूर्यविनायक नगरपालिका-८...