सिरुटार र बालकोट बालमैत्री स्थानीय शासनयुक्त घोषणा

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १४ असार । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानअन्तर्गत आज सूर्यविनायक नगरपालिका-१ सिरुटार र वडा नं-२ बालकोटलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको छ । शनिबार सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले सूर्यविनायक नगरपालिका-१ सिरुटारलाई र वडा नं-२ बालकोटलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरी प्रमाणपत्र प्रदान गरेका हुन् ।

सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक पूरा गरेसँगै नगरपालिकाले यहाँका प्रत्येक वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सञ्चालन गरिरहेको नगर प्रमुख थापाले बताए । यही असार १७ गतेसम्ममा नगरपालिकाको १० वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान पूरा गर्ने बताउँदै उनले नगरपालिकाले प्रत्येक वडामा बाल सञ्जाल गठन गरी ५१ वटा सूचक पूरा गर्न सफल भएको बताए । वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थले आज वडा नं १ सिरुटारलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरेको बताउँदै बालबालिकाको विभिन्न प्रस्तुतिहरू समेत सम्पन्न भएको बताए । घोषणा गर्नका लागि पूरा गर्नुपर्ने सूचकहरूमध्ये बालविवाह, बालश्रम, हिंसा पूर्ण रूपमा निषेधित हुनुपर्ने, सबै बालबालिकाको जन्मदर्ता, विद्यालय भर्ना र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित हुनुपर्ने प्रावधान सबै वडाले पूरा गरेको उनले बताए ।

वडा नं-२ का घोषणा कार्यक्रममा वडा नं-२ का वडाध्यक्ष प्रदीप कार्कीले बाल संरक्षणका १० वटा सूचक बालविवाह पूर्ण रूपमा निषेध हुनुपर्ने, बालश्रममुक्त वडा हुनुपर्ने, बालबालिकाविरुद्ध हुने शारीरिक, मानसिक वा यौनजन्य हिंसा र दुव्र्यवहार पूर्ण रूपमा रोकिएको हुनुपर्ने, सडक बालबालिका वा बेवारिसे अवस्थामा रहेका बालबालिकाको संरक्षण र पुनःस्थापना भएको हुनुपर्ने व्यवस्था पूरा गरेको बताए ।
बाल विकासका बारेमा ६ वटा सूचक जन्मिएका सबै बालबालिकाको जन्मदर्ता हुनुपर्ने, विद्यालय जाने उमेरका सबै बालबालिको विद्यालय भर्ना हुनुपर्ने, विद्यालय र समुदायमा बालमैत्री तथा लैङ्गिक मैत्री (छात्राका लागि छुट्टै) शौचालय र स्वच्छ खानेपानीको व्यवस्था हुनुपर्ने, टोल, विद्यालय र वडा स्तरमा बाल क्लब तथा बाल सञ्जालहरू गठन भई सक्रिय हुनुपर्ने स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता हुनुपर्ने व्यवस्था सबै वडाले पूरा गरेको उनले बताए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईले बालबालिकाका क्षेत्रमा लक्षित बजेटको व्यवस्था गरेको, सबै कार्यालय बालमैत्री र अपाङ्गतामैत्री बनाएको, विपद् व्यवस्थापन योजनामा बालबालिकाको सुरक्षा र आवश्यकतालाई प्राथमिकता दिइएको बजेटको  व्यवस्था गरेको बताइन् ।
कार्यक्रममा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियानमा सहयोग पुर्याउने वडा बाल सञ्जाल  नगर बाल सञ्जाल, विद्यालयहरू, स्वास्थ संस्था स्वयंसेविकाहरू, खानेपानी समिति, रेडक्रस, सहकारी संस्थाहरू, सांस्कृतिक समूहलाई कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो ।
सूचकहरूमध्ये अधिकांशमा ९५ देखि १०० प्रतिशतसम्मको प्रगति हासिल गरेकाले सूर्यविनायकका १० वटा  वडालाई औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शासन युक्त वडा’ घोषणा गरेको हो । सूर्यविनायक नगरपालिकाले विगत वर्षदेखि हालसम्म प्रत्येक वडालाई १० लाखका दरले एक करोड र नगरपालिका रु ७० लाख गरी कुल एक करोड ७० लाख बजेटको व्यवस्था गरी घोषणा अभियान सुरु गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Mental Health Awaress
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन ४ महिनामै सम्पन्न

मकवानपुर , ३१ असार । बागमती प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा पुनः सुरु

भक्तपुर, ३१ असार । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयदेखि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा...

रौतहटमा पेट्रोल छर्केर एक युवाले गरे आत्मदाह प्रयास

काठमाडौं, ३१ असार । रौतहटमा पेट्रोल छर्केर एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। गरूडा नगरपालिका-९ गमरिया टोलका २८...

डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा

भक्तपुर, ३१ असार । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा भएको छ । सूर्यविनायक नगरपालिका-८...