होल्डिङ सेन्टर खाली गर्न सात दिनको समय थप

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १२ असार । सरकारले काठमाडौं उपत्यकाका नदी किनाराका बस्तीबाट विस्थापित सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टर खाली गर्न सात दिनको समय थप गरेको छ । यसअघि असार १२ गतेसम्म होल्डिङ सेन्टर खाली गर्नुपर्ने सुझाव सूचना जारी गरेको थियो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले अर्को सूचना जारी गर्दै आगामी असार १९ सम्म समय थप गरेको जनाएको छ । समितिका अनुसार घर भाडा प्राप्त गर्ने समय अवधि निकै छोटो भएको भन्दै गुनासो आएपछि उक्त निर्णयमा लचकता अपनाइएको छ ।

सूचनामा विस्थापित परिवारहरूलाई रकम प्राप्तिका लागि असार १५ गतेभित्र निवेदन दिन आह्वान समेत गरेको छ ।
गत वैशाख १२, १३, १९ र २० गते उपत्यकाभित्रका नदी किनाराका सुकुमवासी बस्तीहरू सरकारले डोजरमार्फत् खाली गराएको थियो । सरकारले पुनः व्यवस्थापनका लागि दिने भनिएको रकम प्राप्तिका लागि पीडितहरूले आफ्नो नामको बैंक खाता नम्बरसहित तोकिएको ढाँचाको आवेदन १५ गतेभित्र दशरथ रङ्गशालामा उपस्थित भई बुझाउनुपर्ने जनाइएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...