हत्या अभियोगमा १० वर्ष कैद सजाय भोगेका व्यक्ति फेरि लागुऔषधसहित पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १२ असार । हत्या अभियोगमा १० वर्ष कैद सजाय भुक्तान गरी छुटेका व्यक्ति फेरि लागुऔषधसहित पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरको टोलीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये सुनसरी बराहक्षेत्र नगरपालिका-३ का ४२ वर्षीय विष्णु धामीले १० वर्ष कैद भुक्तान गरिसकेका व्यक्ति हुन्।

प्रहरीले ३६ वर्षीय रूद्रबहादुर सुवेदी र ४८ वर्षीय विजयराज धामीलाई पनि पक्राउ गरेको छ। उनीहरूबाट प्रहरीले २७१ ग्राम खैरो हेरोइन बरामद गरेको छ। भारतबाट लागुऔषध खैरो हेरोइन ल्याएर उनीहरूले सुनसरी, धनकुटा, इलाम, भोजपुर लगायत जिल्लामा बिक्री वितरण गर्ने गरेको ब्युरोका प्रवक्ता एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। उनीहरूबाट २ लाख ४५ हजार ८०० रुपैयाँ र ३ वटा तराजु पनि बरामद भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...

सूर्यविनायक नगरपालिकाले बाढी पिडितलाई ५५ लाख रुपैंया सहयोग गर्ने

भक्तपुर, १४ भदौ । सूर्यविनायक नगरपालिकाले रसुवा (भोटेकोशी) बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत...