रवि लामिछानेको अभियोगपत्र संशोधनविरुद्ध रिटमा बहस गर्दै महान्यायाधिवक्ता

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट हेर्दाहेर्दैमा छ । विनाेद शर्मा र अब्दुल अजिज मुसलमानकाे इजलासमा साेमबारवाट सुरु भएकाे सुनुवाइ मंगलबार पनि हेर्दाहेर्दैमा राखिएकाे थियाे । साेमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरेका थिए। आज रिट निवेदकका तर्फबाट थप बहस गरिने र महान्यायाधिवक्ता सविता भण्डारी बरालले आफ्नो निर्णयबारे जवाफ दिनेछिन्।
यसअघि न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले लामिछानेसहितको मुद्दा संशोधनको निर्णय सच्चाइएको फाइल झिकाउन आदेश गरेकाे थियो । आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुरूप लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णय संशोधनसम्बन्धी फाइल सर्वोच्च अदालतमा पेस गरेपछि पुनः सुनुवाइ भएकाे हो ।
महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् । त्यसविरुद्व वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी , युवराज सफल र आयुष वडालले रिट दायर गरेका थिए।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ।...

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...