१५ लाख ३० हजार नगद सहित क्रिप्टो कारोबारको आरोपमा तीन जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ९ चैत । १५ लाख ३० हजार रूपैयाँ नगरसहित क्रिप्टो करेन्सी कारोबारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई चैत ६ गते पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत, पश्चिम बंगाल राज्य मोदिनीपुर मोयना थाना उत्तर श्रीकण्ठा ग्राम घरभई हाल ललितपुर महानगरपालिका-१३ एकान्तकुना बस्ने ४१ वर्ष प्रवेश अली, बाँके नेपालगञ्ज उपमहानगर-२० घरभई काठमाडौं-६ बौद्द जोरपाटी बस्ने ३१ वर्षीय नरेश रेउले र सर्लाही ईश्वरपुर नगरपालिका-३ भक्तिपुर घरभई ललितपुर महालक्ष्मी-२५ नख्खु बस्ने ३० वर्षीय दिप्ती पोखरेल छन् ।

उनीहरूबाट प्रहरीले १५ लाख ३० हजार रुपैयाँ बराबरको नगद बरामद गरेको छ । अनुसन्धानको क्रममा उनीहरूको मोबाइलमा बाइनान्स आइडी देखिएको प्रहरीले जनाएको छ । त्यसमा एक अर्क ३६ करोड ८० लाख ४५ हजार ५८० बराबरको कारोबार देखिएको कार्यालयले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ।...

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...