जेन-जी आन्दोलनको क्रममा फरार लागु औषध मुद्दाका कैदी पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३ चैत । जेन-जी आन्दोलनको क्रममा फरार लागु औषध मुद्दाका कैदी पक्राउ परेका छन् । लागु औषध मुद्दामा १० वर्ष कैद सजाय कायम भई २०८२ असार २२ देखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका काठमाडौं महानगर-२५ घरभई तारकेश्वर नगरपालिका-९ मनमैजु बस्ने ३५ वर्षीय मनिष राज श्रेष्ठ पक्राउ परेका हुन् ।

जेन-जी आन्दोलनको क्रममा २०८२ भदौ २४ मा उक्त कारागारबाट फरार रही काठमाडौं उपत्यकामा लुकीछिपि रहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सोमबार काठमाडौं महानगर-१७ ठमेलबाट पक्राउ गरेको प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए । पक्राउ परेका श्रेष्ठलाई कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा पेश गरिएको उनले बताए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भिमफेदी बाँदरेभीरमा ईभी गाडी दुर्घटना, ११ जना घाइते

मकवानपुर, ०१ असोज । हेटौंडा-भैंसे सडकमा पर्ने भीमफेदी गाउँपालिका-१ बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...

ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किएर दुर्घटना, ९ वर्षीय बालकको मृत्यु

काभ्रेपलान्चोक, ०१ कार्तिक । काभ्रेको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु...

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...