प्रभु बैंकका कर्पोरेट तथा प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डंगोल पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३ चैत । प्रभु बैंकका कर्पोरेट तथा प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डंगोल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रभु बैंकको सीआईओ अशोक शेरचन समेत उपर अनुसन्धान भईरहेको बैंकिङ कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा संकलन भएका तथ्य प्रमाणहरु तथा विज्ञ टोली समेतले अध्ययन विश्लेषण गर्ने क्रममा ललितपुर जिल्ला साविक सुनाकोठी गाविस वडा नं. ७ हालको परिवर्तित ललितपुर महानगरपालिका वडा नं. २७ का ५० वर्षीय डंगोल पक्राउ परेका हुन् ।

डंगोल समेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरित कार्य गरी प्रभु बैंक लि. बाट प्रभु म्यानेजमेण्ट प्रा.लि. समेतमा प्रवाह भएको कर्जा दुरुपयोग गर्ने/गराउने कसूर गरेको अनुसन्धान खुलेक‍‍ो प्रहरीले जनाएको छ । बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा पक्राउ गरी अनुसन्धान गर्न सम्मानित उच्च अदालत पाटनबाट पक्राउ पूर्जी जारी गर्ने अनुमति लिई स‍ोमबार काठमाडौं-११ थापाथलीबाट डंगोललाई पक्राउ गरी उच्च अदालत पाटनबाट म्याद थप भई अनुसन्धान थालेको सिआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

ब्युरोले प्रभु बैंकमा भएको हिनामिना प्रकरणमा यसअघि तत्कालीन सिइओ अशोक शेरचनमाथि पनि अनुसन्धान अघि बढाएको छ। त्यस्तै, प्रभु म्यानेजमेन्टका पूर्वसेयरधनी तथा लेखा शाखामा कार्यरत हेमकुमार मकाजुमाथि पनि ब्युरोले अनुसन्धान गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...