प्रधान सेनापति कपकाे उपाधि डिएभी स्कुललाई

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ११ फागुन । १७ औं संस्करणको प्रधान सेनापति अन्तर स्कुल टी २० कपकाे उपाधि डिएभी स्कुल जाउलाखेलले जितेको छ । नेपाल प्रहरी स्कुल साँगालाई ३० रनले पराजित गर्दै डिएभी स्कुलले उपाधि जितेको हाे । सैनिक आवासीय महाविद्यालय सल्लाघारीकाे आयोजनामा भक्तपुरमा साेमबार भएकाे फाइनल खेलमा पहिले ब्याटिङ गरेकाे डिएभीले ९ विकेटकाे क्षतिमा १०६ रन बनाएकाे थियाे । १०७ रनकाे लक्ष्य पछ्याएको नेपाल पुलिस स्कुलले १३ ओभरमा सबै विकेट गुमाएर ७६ रन मात्र जेड्न सक्याे ।

प्रतियोगितामा डिएभीका तनिश शाह प्लेयर अफ ल फाइनल घाेषणा भए । त्यसैगरी नेपाल प्रहरी स्कुलका पृयान्शु किशाेर राउत वेष्ट प्लेयर घाेषित भई पुरस्कृत भएका छन् । उपाधि जितेकाे डिएभीले नगद एक लाखसहित ट्रफि प्राप्त गर्याे । दोश्रो भएको नेपाल पुलिस स्कुलले नगद ५० हजारसहित ट्रफिमा चित्त बुझायाे । उपाधि जित्ने टिमलाई प्रमुख अतिथि बलाधिकृत रथी प्रदिप जंग केसीले शिल्ड, ट्रफि पुरस्कार प्रदान गरेका छन् । समापन समाराेहलाई सम्बाेधन गर्दै बलाधिकृत रथी प्रदिप जंग केसीले यस्ता प्रतियोगिताले खेलाडी जन्माउन सहयाेग पुगेको बताउँदै नेपालमा क्रीकेट खेलकाे विकासका लागि यस्ता प्रतियोगिताले ठुलाे सघाउ पुर्याएकाे बताए । नेपालले क्रीकेटबाट अन्तर्राष्ट्रिय स्तरमा समेत नाम राख्न सफल भएकाे केशीकाे भनाई थियाे ।

साेहि अवसरमा उप विजेता लगायतलाई उपरथि शन्ताेष बल्लभ पाैडेल, सहायकरथी प्रकाश बहादुर चन्दले ट्रफि पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा बाेल्दै सैनिक आवासीय महाविद्यालयका प्रमुख व्यवस्थापन अधिकृत शिव पाैडेलले महाविधालयले शैक्षिक गतिविधि सँगै खेलकुद लगायतका अतिरिक्त क्रीयाकलापमा त्यतिकै ध्यान दिइएको जनकारी दिए । प्रमुख पाैडेलका अनुसार, ११ विद्यालयका १२ टिमकाे सहभागिता रहेकाे प्रतियोगिता एक सातासम्म चलेको थियाे । 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...