धादिङ बस दुर्घटनाबारे छानबिन गर्न सरकारले बनायो ५ सदस्यीय कार्यदल

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौँ, ११ फागुन । धादिङमा भएको बस दुर्घटनाबारे अध्ययन र छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलले दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्नेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर संघका प्रतिनिधिहरू सहभागी बैठकले कार्यदल बनाउने निर्णय गरेको हो ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका-५, भैंसीगौंडास्थित पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस सोमबार बिहान करिब १:३० बजे दुर्घटनामा परेको थियो । अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो ।
बसमा सवार ४४ यात्रुमध्ये १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । दुर्घटनालगत्तै उद्धार तथा राहत कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय बासिन्दाको समन्वयमा तीव्रता दिइएको मन्त्रालयले जनाएको छ । मृतकहरूको शव नदीबाट निकालिएको र सनाखत प्रक्रिया जारी रहेको तथा घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको गृहका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
गृह मन्त्रालयले दुर्घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...