निर्वाचनमा शान्ति सुरक्षालाई मजबुत बनाउन आग्रह : राष्ट्रिय मानव अधिकार आयोग

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १२ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनमा शान्ति सुरक्षालाई मजबुत बनाउन आग्रह गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता डा.टीकाराम पोखरेलले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन् । निर्वाचनको दिन नजिकिँदै गर्दा देशका विभिन्न भागहरूमा भइरहेका गतिविधि तथा घटना र त्यसले देशको शान्ति सुरक्षा र आसन्न निर्वाचनमा पार्न सक्ने प्रभावप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘पछिल्लोपटक दाङ लगायत विभिन्न जिल्लामा केही दलका कार्यकर्ताबीच सिर्जना भएको विवाद तथा रौतहट-पर्सा लगायत जिल्लामा विभिन्न समूह बीच भएका विवादका कारण निषेधाज्ञा समेत जारी गर्नुपर्ने अवस्था सिर्जना भएका घटनाहरूले निर्वाचनका साथै शान्ति सुरक्षामा थप चुनौती थपिएको देखिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूले एक अर्को दल, उम्मेदवार र नेताहरूप्रति व्यक्त गर्ने अमर्यादित तथा घृणायुक्त अभिव्यक्तिले शान्ति सुरक्षा र निर्वाचनको वातावरणमा समेत थप चुनौती सिर्जना हुन सक्ने आयोगले जनाएको छ । यसैगरी राजनीतिक दलहरू, उम्मेदवार तथा कार्यकर्ताहरूले निर्वाचन आचारसंहिता विपरीत चुनावको प्रचारप्रसार र राजनितिक गतिविधिमा प्रत्यक्ष परोक्ष रूपमा बालबालिकाको प्रयोग गरेको भनेर पनि सरोकारवालाहरूको ध्यानाकर्षण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...