भक्तपुर, १५ पुस । ट्यांकरले ठक्कर दिदाँ लोकन्थलीमा श्रीमतीको मृत्यु भएकाे छ भने श्रीमान् गम्भिर घाइते भएका छन् । मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीमा मङ्गलबार बिहानै ट्याङकरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लोकन्थली चोकमा मङ्गलबार बिहान सवा नौ बजे काठमाडौंबाट भक्तपुरतर्फ आउदै गरेको ना. ७ ख. ९२६६ नं.को डिजेल बोकेको ट्याङकरले भक्तपुर तर्फ नै जाँदै गरेको बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक दार्चुला नौगाड गाउँपालिका-१ घरभई किर्तिपुर बस्दै आएका ३४ वर्षीय करण सिंह घाइते छन् । घाइते बडालको कौशल्टारस्थित भक्तपुर ईन्टरनेशनल अस्पताल पठाईएकामा चिकित्सकले मृत्यु घाेषणा गरेको हो । घाइते सिंहको सोही अस्पतालमा उपचार भईरहेको प्रहरी वृत्त थिमि प्रमुख डीएसपी नवराज ढुङ्गानाले जानकारी दिए ।
प्रहरीले दुवै सवारी साधन र ट्याङकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ अम्लेखगंज बस्ने २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको छ ।



