सैनिक आवासीय महाविद्यालयले मनायो ४८ औं वार्षिकोत्सव

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १५ पुस । सैनिक आवासीय महाविद्यालयले आफ्नो ४८ औं वार्षिकोत्सव मनाएको छ । सोमबार महाविद्यालयको वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व बहन गर्न सक्ने जनशक्ति उत्पादन हुनुपर्ने बताएका छन् । प्रधान सेनापति सिग्देलले महाविद्यालयले हासिल गरेको उल्लेखनीय उपलब्धीको संरक्षण गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्नुपर्नेमा जोड दिए ।
‘विद्यार्थीले ज्ञानसँगै ग्रहण गरेका मूल्य मान्यतालाई आत्मासात गर्दै देशको उज्ज्वल भविष्यको आधार निर्माण गरी समाज र राष्ट्रप्रतिको उत्तरदायित्व, सामाजिक सेवा, जिम्मेवार नागरिक बन्ने दृढ संकल्पका साथ महाविद्यालयले आधुनिक, गुणस्तरीय, जीवनउपयोगी शिक्षा प्रदान गर्नेमा विस्वस्त छु,’ उनले भने । नयाँ पुस्तालाई पनि इमान्दारिता, समाज र राष्ट्रको विकासका लागि जिम्मेवार  नागरिक बनाउनु पर्नेमा जोड दिदै सिग्देलले सैद्धान्तिक शिक्षा मात्र नभई कर्मभूमि प्रति समर्पित नागरिक तयार पार्ने शिक्षा दिनु पर्नेमा जोड दिए ।

समारोहमा उत्कृष्ट विद्यार्थीहरुलाई ज्यास्मिन स्मृति पुरस्कार, गेहेन्द्र शमसेर थापा स्मृति, सतिश जंग थापा स्मृति पुरस्कार प्रदान गर्नुका साथै उत्कृष्ठ शिक्षक एवं कर्मचारीहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा महाविद्यालयका प्राचार्य दलबहादुर पुनले सैनिक कल्याणकारी कोषबाट सञ्चालित महाविद्यालयको स्थापनाको ४८ औं वार्षिकोत्सवसम्म आईपुग्दा विद्यालय शिक्षामा उत्कृष्ठ नतिजाहरु हासिल गर्नुका साथ अतिरिक्त क्रियाकलाप र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा समेत टेवा पुर्याएको बताएका छन् ।

महाविद्यालयका प्रमुख व्यवस्थापक अधिकृत एवं सहसेनानी शिवप्रसाद पौडेलले गुुणस्तरीय शिक्षामा लामो इतिहास यस महाविद्यालयले राष्ट्रको लागि आवश्यक एवं देशले गर्व गर्न लायक जनशक्ति उत्पादन गरिरहेको बताएका छन् । महाविद्यालयले शैक्षिक गुणस्तरसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा समेत अब्बल नतिजा हात पारिरहेको बताउँदै पौडेलले विद्यालयमा अक्षयकोषको स्थापना गरी विभिन्न रचनात्मक कार्य गरिरहेको जानकारी दिए ।

कार्यक्रममा विद्यार्थीहरुले शास्त्रीय चर्या नृत्य, राष्ट्रिय सेवा दलको देशभक्तिपूर्ण नृत्य, तेक्वाण्डो खेल प्रदर्शनी, महाविद्यालयको अकेस्ट्रा समूहको प्रस्तुती तथा विभिन्न साँस्कृतिक नृत्य एवं गायनहरु प्रस्तुत गरेका थिए । प्रधान सेनापति सिग्देलले विद्यार्थीको चित्रकला प्रर्दशनी, विज्ञान प्रर्दशनीलगातका अवलोकन गर्नुका साथै महाविद्यालयले प्रकाशन गरेको स्मारिका ‘सल्लाघारी’ ३४ औं अंक को विमोचन समेत गरेकाे छ । 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...