लोकन्थलीमा ट्यांकरले ठक्कर दिदाँ  श्रीमतीको मृत्यु, श्रीमान् घाइते

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १५ पुस । ट्यांकरले ठक्कर दिदाँ लोकन्थलीमा श्रीमतीको मृत्यु भएकाे छ भने  श्रीमान् गम्भिर घाइते भएका छन् । मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीमा मङ्गलबार बिहानै ट्याङकरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लोकन्थली चोकमा मङ्गलबार बिहान सवा नौ बजे काठमाडौंबाट भक्तपुरतर्फ आउदै गरेको ना. ७ ख. ९२६६ नं.को डिजेल बोकेको ट्याङकरले भक्तपुर तर्फ नै जाँदै गरेको बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक दार्चुला नौगाड गाउँपालिका-१ घरभई किर्तिपुर बस्दै आएका ३४ वर्षीय करण सिंह घाइते छन् । घाइते बडालको कौशल्टारस्थित भक्तपुर ईन्टरनेशनल अस्पताल पठाईएकामा चिकित्सकले मृत्यु घाेषणा गरेको हो । घाइते सिंहको सोही अस्पतालमा उपचार भईरहेको प्रहरी वृत्त थिमि प्रमुख डीएसपी नवराज ढुङ्गानाले जानकारी दिए ।
प्रहरीले दुवै सवारी साधन र ट्याङकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ अम्लेखगंज बस्ने २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...