रवि, बालेन र कुलमान एकै ठाउँमा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १५ पुस । वैकल्पिक राजनीतिका तीन प्रमुख समूह अब एउटै पार्टी र चिह्नबाट निर्वाचनमा होमिने भएका छन् ।
रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सहमति भएको भोलिपल्टै ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी पनि एकतामा समेटिएको छ ।
रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेको एकताको सहमतिपत्रमा बालेन्द्र साक्षी बनेका छन् । हस्ताक्षरका बेला कुलमान पनि उपस्थित थिए ।
एकतापछि पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, उसकै झन्डा र चुनाव चिह्न कायम रहने सहमतिपत्रमा उल्लेख छ ।सभापति रवि नै रहने र उपसभापतिमा कुलमान, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने भनिएको छ ।
उज्यालो नेपाल अभियानलाई अपनत्व लिएर पार्टीका संगठनात्मक संरचना थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा भएका युवा अभियन्ता र अनुभवी विज्ञलाई समुचित समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ । जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...