२ थान सिएफ-९८ पेस्तोल सहित ३ जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १४ पुस । प्रहरीले २ थान सिएफ पेस्तोल सहित ३ जना पक्राउ गरेका छन् । प्रहरीका अनुसार <span;>पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने ३२ वर्षीय झिल्के भन्ने विकाश शाही, मोरड लेटाङ नगरपालिका-४ का २२ वर्षीय शाहिल तिवारी र काठमाडौं महानगरपालिका-१३ बाफलका ३३ वर्षीय ३३ जस्वन राई भन्ने अश्विन राई छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं नागार्जुन नगरपालिका-४ बाफलबाट हतियार सहित उनीहरूलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए । गत बिहिबार हतियार लुकाई छिपाइ राखिएको सूचनाको आधारमा पक्राउ परेकाहरूलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो । प्रहरीले उनीहरूको साथबाट सिएफ ९८-९००००३३०८२३७ र सिएफ ९८-९०००१११०२३३६ नम्बरको सिएफ-९८ पेस्तोल, सोही पेस्तोलको म्यागजिन ३ थान तथा २ थान गोली र गोलीको खोका २ थान बरामद गरेको छ । पक्राउ परेकाहरूको अनुसन्धान भईरहेको एसपी भट्टराईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भक्तपुरमा एक वर्षमै ४२ अर्ब २३ करोड खर्च

भक्तपुर, ०१ असार । गत आर्थिक वर्ष २०८२ /०८३ मा भक्तपुर जिल्लामा चालु र पूँजीगत गरी ४२ अर्ब...

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...