इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १४ पुस । ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ  र सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्राउ परेका छन्।

एनसिबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका बागलुङ नगरपालिका–२ श्रीनगर घर भएका जावेद अनवरद्दीनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७७ भदौ ८ गते रेड नोटिस जारी भएको थियो।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरो बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...