काठमाडौं, १४ पुस । प्रहरीले २ थान सिएफ पेस्तोल सहित ३ जना पक्राउ गरेका छन् । प्रहरीका अनुसार <span;>पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने ३२ वर्षीय झिल्के भन्ने विकाश शाही, मोरड लेटाङ नगरपालिका-४ का २२ वर्षीय शाहिल तिवारी र काठमाडौं महानगरपालिका-१३ बाफलका ३३ वर्षीय ३३ जस्वन राई भन्ने अश्विन राई छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं नागार्जुन नगरपालिका-४ बाफलबाट हतियार सहित उनीहरूलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए । गत बिहिबार हतियार लुकाई छिपाइ राखिएको सूचनाको आधारमा पक्राउ परेकाहरूलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो । प्रहरीले उनीहरूको साथबाट सिएफ ९८-९००००३३०८२३७ र सिएफ ९८-९०००१११०२३३६ नम्बरको सिएफ-९८ पेस्तोल, सोही पेस्तोलको म्यागजिन ३ थान तथा २ थान गोली र गोलीको खोका २ थान बरामद गरेको छ । पक्राउ परेकाहरूको अनुसन्धान भईरहेको एसपी भट्टराईले जानकारी दिए ।



