हेरिटेज नेपाल न्यूज

साथीको हत्या आरोपमा पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, ९ पुस । भक्तपुरमा सँगै काम गर्ने साथीको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले सोमबार धनकुटाको सागुरीगढी गाँउपालिका-३ का २७ वर्षीय संजीब याखालाई पक्राउ गरेको हो।
भक्तपुर नगरपालिका-३ वंशगोपाल डेगोपनास्थित साढे ३ तले घर निर्माणमा काम गर्ने याखाले आइतबार राति सँगै काम गर्ने साथी उदयपुरका ३४ वर्षीय पूर्ण ठकुरीलाई कुटपिट गरी हत्या गरेको प्रहरीको आरोप छ। ठकुरीको शव सोमबार बिहान ७ बजे सोही घरको भुँइतलामा फेला परेको थियो।
राति साथीलाई कुटपिट गरी हत्या गरेका याखालाई सोमबार बिहान ८ बजे भक्तपुरको सल्लाघारीबाट पक्राउ गरिएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी प्रकाश जबेगुले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...