लुभु हत्याकाण्डमा अर्को शव फेला

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ७ पुस । ललितपुरमा इनारभित्र एक युवकको शव फेला परेको छैठौं दिनमा अर्को शव पनि फेला परेको छ। दुवै युवकको हत्या गरी शव बोराभित्र राखेर फ्याँकिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
महालक्ष्मी नगरपालिकाको लाकुरी भञ्ज्याङस्थित गणेशमान पार्क नजिकै सोमबार भोजपुर घर भएका २१ वर्षीय पारूहाङ राईको शव फेला परेको हो। यसअघि पुस २ गते लुभुमा रहेको एक इनारभित्र २५ वर्षीय केशवराज हायुको शव फेला परेको थियो।

आपसमा जोडिएका यी घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली गोलन्जोरका जयराम अधिकारी र देवराज ढुंगेल छन्। मुख्य अभियुक्त देवराज हुन्। मृतक केशवराज हायु उनका जेठान पर्थे। काठमाडौं उपत्यका अपराध अनुसन्धानका डिएसपी वेद पौडेल र जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले यी घटनामा अनुसन्धान अघि बढाएको थियो। कार्यालय प्रवक्ता तथा एसपी काजीकुमार आचार्यका अनुसार केशवराज र पारूहाङ लुभुमा तरकारी खेती गर्थे। देवराज पनि त्यहीँ नजिकै डेरा बस्थे। केशवराजको आफन्त भएकाले देवराज उनीहरूकहाँ गइरहन्थे।
मंसिर १६ र १७ गते देवराजले केशवराज र पारूहाङसँग ऋण लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। उनले केशवराजसँग १२ लाख र पारूहाङसँग ५ लाख रूपैयाँ ऋण लिएको प्रहरीले जनाएको छ। एसपी आचार्यका अनुसार देवराजले सेयरमा लगानी गर्ने भनेर दुवै जनासँग ऋण लिएका थिए र ऋणबाट आउने फाइदा बाँड्ने भनेका थिए।

त्यसैबीच देवराजले आफ्ना साथी जयरामलाई सिन्धुलीबाट बोलाए। उनीहरू सँगसँगै स्कुल पढेका साथी हुन्। जयराम पहिले पनि आउने-जाने गरिरहन्थे। त्यही भएर यसपालि देवराजले बोलाएपछि तुरून्तै आइहाले। काठमाडौं आइसकेपछि देवराज र जयरामले ऋण नतिर्ने योजना बनाउन थालेका थिए। योजना बनाउँदै जाँदा उनीहरू केशवराज र पारूहाङको हत्या गर्ने निष्कर्षमा पुगे,’ एसपी आचार्यले भने, ‘हत्या गर्न उनीहरूले रक्सीको सहारा लिएको अनुसन्धानमा देखिएको छ।’ उनका अनुसार केशवराज हायुलाई मंसिर २४ गते रक्सी खान भनेर लुभु नजिकैको ज्यामिरे जंगलमा बोलाइएको थियो।
उनीहरूले साँझको समय त्यही जंगलमा केशवराजलाई बेहोस हुने गरी रक्सी खुवाए। त्यसपछि केशवराजको मुखमा टेप बाँधे र टाउकोमा हम्मरले हिर्काएर हत्या गरेको अनुसन्धानमा देखिन्छ। ‘हत्यापछि शव बोरामा राखेर त्यहीँ छाडेर निस्किएका थिए,’ आचार्यले भने।
केशवराजपछि पारूहाङको हत्या गर्ने उनीहरूको योजना थियो। यसका लागि पारूहाङलाई लाकुरी भञ्ज्याङको गणेशमान पार्क नजिकै लगे। त्यहाँ रक्सी खुवाएर लठ्याएपछि मुखमा टेप बाँधे र हम्मरले टाउकोमा हिर्काएर हत्या गरेको आचार्यले जानकारी दिए।
पारूहाङको शव पनि उनीहरूले बोरामा राखेर फर्केका थिए। पछि केशवराज हराएको हल्ला चल्यो। यसले देवराज र जयराम झस्किए। उनीहरूले ज्यामिरे जंगलमा फ्याँकिएको केशवराजको शव ल्याएर तरकारी खेती गर्ने ठाउँमा रहेको इनारभित्र फ्याँकेका थिए। इनारभित्र फ्याँकेको त्यही शव पुस २ गते फेला परेको थियो। शव सनाखत गर्दा केशवराज रहेको पहिचान भयो। घटनास्थल नजिकै प्रहरीले एक जोर चप्पल पनि फेला पारेको थियो। त्यो चप्पल कसको हो भनेर सोधिखोजी गर्दा देवराजको भएको खुल्यो। ‘हत्या गरेपछि लुभुमा बस्दै आएका देवराज भक्तपुरको गठ्ठाघरमा कोठा सरिसकेका रहेछन्,’ एसपी आचार्यले भने, ‘प्रहरीले उनको कोठामा छापा मारेपछि हत्यामा उनको संलग्नता पुष्टि गर्ने प्रमाणहरू फेला परे।’

त्यहाँ घटनामा प्रयोग भएका हम्मर, रगत लागेका कपडा, मुखमा बेर्न प्रयोग भएको टेप बरामद भएको उनले जानकारी दिए। ‘देवराजको घरबाट सबै सामान फेला परे पनि उनले केही बताएका थिएनन्। पछि जयरामको पनि संलग्नता रहेको थाहा भएपछि थप रहस्य खुल्यो,’ उनले भने, ‘जयरामले पारूहाङको पनि हत्या गरिएको बयान दिए। त्यही बयानका आधारमा प्रहरीले सोमबार बिहान लाकुरी भञ्ज्याङ गएर पारूहाङको शव फेला पारेको थियो। प्रहरीले दुवै जनामाथि कर्तव्य ज्यान कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

चाँगुनारायण-६ सार्वजनिक सुनुवाइ: धनबहादुर लामा उत्कृष्ट वडाध्यक्ष

भक्तपुर, १९ जेठ । चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर लामालाई स्थानीयबासिन्दाले उत्कृष्ट वडाध्यक्षको संज्ञा दिएका...

सामान्य बिरामीलाई आकस्मिक उपचार गराए भुक्तानी हुँदैन : स्वास्थ्य बिमा बोर्ड

काठमाडौं, १९ जेठ । स्वास्थ्य बिमा बोर्डले सामान्य बिरामीलाई आकस्मिक उपचार गराए त्यसमा भुक्तानी नगरिने जनाएको छ। सोमबार...

पश्चिमी वायु कमजोर बन्दै

काठमाडौं, १९ जेठ । पश्चिमी वायुको प्रभाव कमजोर बन्दै गएसँगै गर्मी बढेको छ । मधेश तथा कोशी प्रदेशका...

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...