मूल्यसूची नराखेका २ रेष्टुरेन्टलाई जरिवाना

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ७ पुस । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्यसूची नराखेका २ रेष्टुरेन्टलाई जरिवाना गरेको छ । दुई वटा उद्योग तथा फर्मलाई ५० हजार रुपैयाँको दरले जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्यसूची राख्नुपर्ने व्यवस्था छ ।

उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवसायको हकमा व्यवसाय दर्ता, इजाजतपत्र बिक्रीस्थलमा सर्वसाधारणले देख्ने गरी राख्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था पालना नगरेको भन्दै विभागले प्रिया स्वीट एन्ड चाट हाउस काठमाडौं महानगरपालिका-३ महाराजगञ्ज र आई क्याफे रेस्टुरेन्ट एन्ड बार टोखालाई ५० हजारको दरले जरिवाना गरेको हो ।
त्यसैगरी, विभागले अन्य १४ वटा फर्मको अनुमगन गरी, निर्देशनात्मक कारबाही गरेको छ । विभागले पछिल्ला दिनमा बजार अनुमगनलाई तीव्रता दिएको छ । बजारलाई स्वच्छ बनाउन, कालोबजारीको नियन्त्रण गर्न तथा अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउन क्रियाशिल भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

चाँगुनारायण-६ सार्वजनिक सुनुवाइ: धनबहादुर लामा उत्कृष्ट वडाध्यक्ष

भक्तपुर, १९ जेठ । चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर लामालाई स्थानीयबासिन्दाले उत्कृष्ट वडाध्यक्षको संज्ञा दिएका...

सामान्य बिरामीलाई आकस्मिक उपचार गराए भुक्तानी हुँदैन : स्वास्थ्य बिमा बोर्ड

काठमाडौं, १९ जेठ । स्वास्थ्य बिमा बोर्डले सामान्य बिरामीलाई आकस्मिक उपचार गराए त्यसमा भुक्तानी नगरिने जनाएको छ। सोमबार...

पश्चिमी वायु कमजोर बन्दै

काठमाडौं, १९ जेठ । पश्चिमी वायुको प्रभाव कमजोर बन्दै गएसँगै गर्मी बढेको छ । मधेश तथा कोशी प्रदेशका...

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...