नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ६ पुस । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।हाल गुह्वेश्वरीवाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका ५ स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगंगा आँखा अस्पताल, बाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा १ स्थान गरी जम्मा ६ स्थानहरूमा  ६५ लाखमा ठेक्का सम्झौता भई ट्रास बेरियर राख्ने काम हुँदैछ । ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्ने समितिले जनाएको छ ।

काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोला जस्ता नदीहरूमा सहरीकरण, अव्यवस्थित फोहोर व्यवस्थापन कारण ठुलो मात्रामा तैरिने फोहोर बग्ने गरेको पाइएको हुँदा यस्ता नदीहरूमा ट्रास बेरियर जडान गर्दा नदीको बहावलाई अवरुद्ध नगरी फोहोर मात्र निकाल्न सकिन्छ । जसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्दछ । ट्रास बेरियरबाट संकलित फोहोरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनः प्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न समेत सकिन्छ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जल जीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ ।नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई नदीको बहावलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्र्यास बैरियरको सतह आफैँ तलमाथि हुने ढंगले रबरको कन्भेयर बेल्ट र तैरिने भाग सहितको संरचना जडान हुनेछन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...