हेरिटेज नेपाल न्यूज

मूल्यसूची नराखेका २ रेष्टुरेन्टलाई जरिवाना

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ७ पुस । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्यसूची नराखेका २ रेष्टुरेन्टलाई जरिवाना गरेको छ । दुई वटा उद्योग तथा फर्मलाई ५० हजार रुपैयाँको दरले जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्यसूची राख्नुपर्ने व्यवस्था छ ।

उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवसायको हकमा व्यवसाय दर्ता, इजाजतपत्र बिक्रीस्थलमा सर्वसाधारणले देख्ने गरी राख्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था पालना नगरेको भन्दै विभागले प्रिया स्वीट एन्ड चाट हाउस काठमाडौं महानगरपालिका-३ महाराजगञ्ज र आई क्याफे रेस्टुरेन्ट एन्ड बार टोखालाई ५० हजारको दरले जरिवाना गरेको हो ।
त्यसैगरी, विभागले अन्य १४ वटा फर्मको अनुमगन गरी, निर्देशनात्मक कारबाही गरेको छ । विभागले पछिल्ला दिनमा बजार अनुमगनलाई तीव्रता दिएको छ । बजारलाई स्वच्छ बनाउन, कालोबजारीको नियन्त्रण गर्न तथा अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउन क्रियाशिल भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...