काठमाडौं, ४ पुस । भदौ २४ को जेन-जी आन्दोलनमा जगन्नाथदेवल सुन्धारा कारागारबाट फरार भएका २ जना कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका-१ बस्ने ४६ वर्षीय श्यामलाल कँडेल र नुवाकोटको शिवपुरी गाउँपालिका-६ घरभई काठमाडौंको बानियाटार बस्ने ३० वर्षीय विनोद केसी भन्ने विनोद गौतम छन् ।
<span;>प्रहरीका अनुसार डंगोल मानव बेचबिखन मुद्दामा ३२ वर्ष कैद सजाय सुनाइएका व्यक्ति हुन् । ९ वर्ष कैद भुक्तान गरिसकेका डंगोलले अझै २३ वर्ष कैद सजाय भुक्तान गर्न बाँकी छ ।
<span;>यसैगरी, विनोद अपहरण शरीर बन्धक, डाँका र संगठित अपराधमा १३ वर्ष ६ महिना कैद सजाय सुनाइएका व्यक्ति हुन् । ३ वर्ष सजाय भुक्तान गरी सकेका विनोदले अझै १० वर्ष ६ महिना कैद सजाय भुक्तान गर्न बाँकी छ ।
<span;>केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बिहीबार उनीहरूलाई टोखाको टोखाचण्डेश्वरीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सिआइबीका प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठका अनुसार पक्राउ परेका दुवैलाई कैद भक्तानका लागि जगन्नाथदेवल सुन्धारा पेश गरेको छ ।



