जेन-जी आन्दोलनका क्रममा फरार २ कैदी पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ४ पुस । भदौ २४ को जेन-जी आन्दोलनमा जगन्नाथदेवल सुन्धारा कारागारबाट फरार भएका २ जना कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका-१ बस्ने ४६ वर्षीय श्यामलाल कँडेल र नुवाकोटको शिवपुरी गाउँपालिका-६ घरभई काठमाडौंको बानियाटार बस्ने ३० वर्षीय विनोद केसी भन्ने विनोद गौतम छन् ।

<span;>प्रहरीका अनुसार डंगोल मानव बेचबिखन मुद्दामा ३२ वर्ष कैद सजाय सुनाइएका व्यक्ति हुन् । ९ वर्ष कैद भुक्तान गरिसकेका डंगोलले अझै २३ वर्ष कैद सजाय भुक्तान गर्न बाँकी छ ।
<span;>यसैगरी, विनोद अपहरण शरीर बन्धक, डाँका र संगठित अपराधमा १३ वर्ष ६ महिना कैद सजाय सुनाइएका व्यक्ति हुन् । ३ वर्ष  सजाय भुक्तान गरी सकेका विनोदले अझै  १० वर्ष ६ महिना कैद सजाय भुक्तान गर्न बाँकी छ ।

<span;>केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बिहीबार उनीहरूलाई टोखाको टोखाचण्डेश्वरीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सिआइबीका प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठका अनुसार पक्राउ परेका दुवैलाई कैद भक्तानका लागि जगन्नाथदेवल सुन्धारा पेश गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...