काठमाडौं महानगरका २९ विद्यालयले राखे नेपालीपन झल्कने नाम

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ४ पुस । काठमाडौं महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै महानगरपालिकाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका महानगरपालिका शिक्षा विभागले जानकारी दिएको छ । हाल महानगरपालिकाभित्र आधारभूत विद्यालय २६, माध्यमिक विद्यालय ५८, विशेष विद्यालय चारवटा,  वैकल्पिक विद्यालय २३, धार्मिक विद्यालय ११, सामुदायिक सिकाइ केन्द्र २८, संस्थागत विद्यालय ४२५ वटा गरेर जम्मा शैक्षिक संस्था ७८४ विद्यालय रहेको महानगरपालिका शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले जानकारी दिए।

त्यसैगरी, महानगरपालिकाले आफ्नोमातहतका विद्यालयबाट शैक्षिकसत्र २०८१ मा ३० हजार ७७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययनको अवसर प्रादान गरेको पनि जानकारी दिएको छ । महानगरपालिकाले छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि छात्रा छात्रवृत्तिमा पाँच हजार ८९५, दलित छात्रवृत्तिमा एक हजार ३२२, अपाङ्ग र आवासीय छात्रवृत्ति ४५५ जनालाई यो अवसर प्राप्त भएको बताइएको छ ।
त्यस्तै, संस्थागत विद्यालयमा कक्षा १ देखि १० सम्म १९ हजार ३०६ जना र कक्षा ११ र १२ मा तीन हजार ८०१ जना छात्रछात्राले छात्रवृत्ति प्राप्त गरेका ज्ञावालीले जानकारी दिनुभयो । शिक्षातर्फ यस वर्षका लागि तीन अर्ब २९ करोड ४७ लाख ७७ हजार बजेट विनियोजन गरिएको थियो । यसको ५३.८ प्रतिशत अर्थात् एक अर्ब ७७ करोड ३४ लाख ४२ हजार खर्च भएको छ ।
यसमा आन्तरिकतर्फको नियमित कार्यक्रममा एक अर्ब चार करोड ८५ लाख २७ हजार विनियोजन गरिएकामा त्यसको ३० प्रतिशत अर्थात् ३१ करोड ५६ लाख पाँच हजार खर्च भएको छ । ‘गरीखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि रु ६० करोड विनियोजन गरिएकामा रु पाँच करोड एक लाख ६६ अर्थात् ८.४ प्रतिशत खर्च भएको महानगरपालिकाको भनाइ छ ।

शिक्षा क्षेत्रका स्वर्णिम योजनाका लागि ११ करोड १४ लाख विनियोजन भएकामा चार करोड ३२ लाख अर्थात् ३८.८ प्रतिशत खर्च भयो । सङ्घीय सशर्त अनुदानबाट एक अर्ब ४२ करोड ३४ लाख ५० हजार प्राप्त भएकामा यसको ९२.९ प्रतिशत अर्थात् एक अर्ब ३२ करोड २२ लाख खर्च भएको बताइएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं,२७ कात्तिक । तिहारपछि खुलेको नेपाली बजारमा शुक्रबार (कात्तिक २७) सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । शुक्रबार छापावाल...

सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

काठमाडौं, २७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्त गरेका छन्। संविधानको धारा १२९ को...

भीमफेदी दुर्घटनाका मृतकको शव हेटौंडा अस्पतालमै

मकवानपुर, २७ कात्तिक । भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा बिहीबार भएको ईभी दुर्घटनामा मृत्यु भएका १४ जनाको शव अझै हेटौंडा...

भीमफेदी दुर्घटना अध्ययन गर्न समिति गठन

मकवानपुर, २६ कात्तिक । भीमफेदीमा गाउँपालिका- ६ चिसापानीगढीमा भएको सवारी दुर्घटनाको कारण अध्ययन गरी भविष्यमा यस्ता दुर्घटना न्यूनीकरणका...