हेरिटेज नेपाल न्यूज

१२ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २१ मंसिर । मोरङमा १२ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। लेटाङ नगरपालिका-२ बस्ने अंशु गौतम २०८२ असोज २१ गतेदेखि बेपत्ता भएका थिए। उनको शव १८ दिनपछि कात्तिक ७ गते लेटाङ-२ कै बेलबारी चिसाङ सामुदायिक वन जंगलभित्र फेला परेको थियो।
शव पहिचान हुन नसक्ने अवस्थामा फेला परेको हो। त्यहाँ भएका कपडा, हाफ पाइन्ट, चप्पल र घडीको आधारमा अंशुको सनाखत गरिएको थियो।
उनको हत्या गरेको अभियोगमा परहरीले छिमेकी ५८ वर्षीय पदमबहादुर अधिकारी पक्राउ परेकाे केन्द्रीय अनुसन्धान ब्यूरोका सह-प्रवक्ता प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टले जानकारी दिए । उनले ती बालिकालाई विभिन्न प्रलोभन देखाएर घरबाट अन्दाजी ४.५ मिटर टाढा जंगलमा लगेका थिए। त्यहाँ लगेर हसियाँले घाँटीमा प्रहार गरी हत्या गरेका थिए।
अनुसन्धान गर्नका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त टोली खटिएको हो। उनी विरुद्ध ज्यान सम्बन्धि कसुर मुद्दामा अनुसन्धान थालेको प्रहरी उपरीक्षक भट्टले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...