१२ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २१ मंसिर । मोरङमा १२ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। लेटाङ नगरपालिका-२ बस्ने अंशु गौतम २०८२ असोज २१ गतेदेखि बेपत्ता भएका थिए। उनको शव १८ दिनपछि कात्तिक ७ गते लेटाङ-२ कै बेलबारी चिसाङ सामुदायिक वन जंगलभित्र फेला परेको थियो।
शव पहिचान हुन नसक्ने अवस्थामा फेला परेको हो। त्यहाँ भएका कपडा, हाफ पाइन्ट, चप्पल र घडीको आधारमा अंशुको सनाखत गरिएको थियो।
उनको हत्या गरेको अभियोगमा परहरीले छिमेकी ५८ वर्षीय पदमबहादुर अधिकारी पक्राउ परेकाे केन्द्रीय अनुसन्धान ब्यूरोका सह-प्रवक्ता प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टले जानकारी दिए । उनले ती बालिकालाई विभिन्न प्रलोभन देखाएर घरबाट अन्दाजी ४.५ मिटर टाढा जंगलमा लगेका थिए। त्यहाँ लगेर हसियाँले घाँटीमा प्रहार गरी हत्या गरेका थिए।
अनुसन्धान गर्नका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त टोली खटिएको हो। उनी विरुद्ध ज्यान सम्बन्धि कसुर मुद्दामा अनुसन्धान थालेको प्रहरी उपरीक्षक भट्टले बताए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...