बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ‘किशोर किशोरी डिजिटल पार्क’ संचालन गर्ने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २१ मङ्सिर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ‘किशोर किशोरी डिजिटल पार्क संचालन’ गर्ने भएको छ । किशोर किशोरी माझ यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले स्वस्थ्य मन्त्रालयले यसवर्षदेखि नमूनाको रुपमा ‘किशोर किशोरी डिजिटल पार्क’ संचालन गर्ने स्वास्थमन्त्री किरण थापाले जानकारी दिए ।

किशोर किशारीमा असुरक्षित यौन सम्बन्ध, असुरक्षित गर्भपतन, यौन रोगको प्रकोप बढ्दै गएको अवस्थामा सुरक्षित यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा आवश्यकताको महशुस गर्दै डिजिटल पार्कको अवधारणा ल्याएको उनी बताउँछन् । ‘किशार किशोरीमा यौनिकता र शरीरको विकासका क्रममा देखिने परिवर्तन, रजस्वला र स्वच्छता, बाल विवाह, जवर्जस्ती करणी, र सुरक्षित प्रजनन स्वास्थ्य, धूम्रपान तथा मद्यपानका असरहरू, यौन दुव्र्यबहार, सचेतनाकाबारेमा विशेषज्ञ विचार, तथ्य र समाधानसम्बन्धी पोडकास्टहरूको निर्माण गर्ने, जिजिटल बोर्ड मार्फत किशोरकिशोरी एवं युवायुवती जमघट हुने पार्कमा त्यसलाई राखेर जनचतनामूलक सन्देशहरु प्रवाह गर्ने मूल उदेश्यले किशोर किशोरी डिजिटल पार्क नमूनाको रुपमा सञ्चालनमा ल्याउन लागेका हौ, आगामीवर्षदेखि यसलाई प्रदेशका अन्य बिभिन्न पालिकाहरुमा सञ्चालनमा ल्याउने योजनामा छौं,’ उनले भने ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले किशोर किशोरीको शारीरिक र मानसिक विकासमा र उचित परामर्श एवं सन्देश प्रवाह गर्ने गरि देशभरमै पहिलो कार्यक्रमका रुपमा मन्त्रालयले अवधारणा ल्याएको बताइन् । ‘किशार किशोरीमा हुनसक्ने दुर्व्यसनीसँगै परिवार नियोजनको अस्थायी साधनको प्रयोग, अनिच्छित गर्भाधारण रोक्ने उपाय, यौन शिक्षा, किशारी शिक्षा, शारीरिक अंग र मानसिक परिवर्तनका अवस्थामा ध्यान दिनु पर्ने कुराहरु महिनावरी सुरक्षा, साथी शिक्षा, एचआईभी लगायत यौन रोगबाट बच्ने उपाय, लैङ्कि हिंसा, व्यक्तिगत सुरक्षा एवं व्यवसायीक अधिकारका सवालमा समेत सन्देश प्रवाह गर्ने गरि कार्यक्रम ल्याएको उनी बताउँछिन् । वर्षमा एक लाख किशोर किशोरी यस कार्याक्रमबाट लाभान्वित हुने र सकारात्मक सन्देश प्रवाह गर्ने उनको विश्वास छ ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको मातहतमा सञ्चालनमा आउने यस कार्यक्रमका लागि मन्त्रालयले २५ लाख बजेट विनियोजन गरेको र कार्यक्रम लागू हुने सम्बन्धित पालिकाको साझेदारी र समन्वयमा कार्यक्रम लागू हुने निर्देशनालयका निर्दक डा. नरेन्द्र झाले जानकारी दिए । कार्यक्रम लागू हुने पार्कमा यौन तथा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित डिजिटल जानकारीको सहज पहुँच हुने कोठा, हल, बाल, बेलसेप कोठा, एडल्सेन्ट हेल्थ रूम, डिजिटल डिस्प्ले राखे ठाउँ, पोस्टर डिस्प्ले वाललगायतका संरचनाको निर्माण गर्ने र किशोर किशोरीका लागि उपयुक्त एनिमेटेड भिडियोहरू, इन्फोग्राफिक्स र पोस्टरहरूको विकास गरि सन्देशहरु, बृत्तचित्रहरु र सन्देशमूलक साना भिडियोहरु प्रसारण गरिने उनले बताए। प्रविधिको अधिकतम प्रयोग गरी स्मार्ट टिभी तथा स्क्रिन, यूपिएस, इन्टरनेट सेवाका साथै प्रतिक्रियाका लागि क्युआर कोड सिस्टमको प्रयोग गर्दै सुरक्षित सामग्री प्रविधिहरू व्यवस्थापन गर्ने जनाएको छ ।
निर्देशक झाले किशोर किशोरी बढी जमघट हुने सदर चिडियाखाना, त्रिभुवन पार्क, फन पार्क जस्ता पार्कलाई रोज्ने र यो कार्यक्रम हेटौडा वा काठमाडौंको कनै एक पालिकामा सञ्चालन गर्ने गरि पालिका छनौट कार्य भइरहेको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...