भक्तपुरमा मनाइयो योमरी उत्सव

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २० मंसिर । भक्तपुर नगरपालिकाले योमरी प्रतियोगिता तथा प्रदर्शन गरेर योमरी उत्सव मनाएको छ । शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको दत्तात्रयमा भएको योमारी प्रतियोगिता तथा प्रदर्शनीको उद्घाटन गरेका छन् । योमरी उत्सव तथा प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले नगरपालिकाद्वारा आयोजित सांस्कृतिक गतिविधिले भक्तपुरको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए । भक्तपुरको मौलिकता संरक्षणले यहाँको पहिचान जोगाइ राख्न टेवा पुग्ने बताउँदै नगरपालिकाले आगामी दिनहरूमा यी र यस्ता गतिविधिहरुलाई निरन्तरता दिँदै जाने विश्वास व्यक्त गरे।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आन्तरिक र बाह्य पर्यटन प्रवर्धनको लागि नगरपालिकाले योमरी उत्सवलाई प्रतियोगिताको रुपमा सञ्चालन गरी सबैलाई मौलिकता प्रदर्शन गर्ने अवसरको रुपमा कार्यक्रम आयोजना गरिएको बताए।
भक्तपुर नगरपालिकाले यहाँको मूर्त र अमूर्त सम्पदाहरूको महत्त्व नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले नगरभित्र सञ्चालित सबै विद्यालयहरूमा स्थानीय पाठ्यक्रम मार्फत अध्ययन अध्यापन गराइरहेको बताएका छन्।
नेमकिपा बागमती प्रदेश सभासद सुरेन्द्रराज गोसाईंले नगरपालिकाद्वारा आयोजित योमरी उत्सवले भक्तपुरको सम्पन्नतालाई उजागर गरेको बताउँदै योमरी सम्पन्नता, सभ्यता, प्रेम, संस्कृति, हर्ष उल्लास र विज्ञानको प्रतीक भएको बताए।
कार्यक्रममा वडाध्यक्ष रविन्द्र ज्याख्वले उत्सवको महत्वमाथि प्रकाश पार्दै योमारी महोत्सव सफल पार्न सहभागी सबैमा धन्यवादज्ञापन गरे । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले पुराना कला संस्कृति र सभ्यता नयाँ पुस्ताको पहिचान हो भन्दै यसलाई संरक्षण गर्नु सबैको दायित्व भएको बताए।
कार्यक्रमको उद्घाटनअघि नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं.१ इनागबाट सुरु भएको सांस्कृतिक र्याली दत्तात्रयमा पुगी सम्पन्न भयो ।
उद्घाटन र्‍यालीमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी र वडा नम्बर १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले प्रतियोगिता सफलताको शुभकामना दिएका छन् ।प्रतियोगिताको उद्घाटन पश्चात् नगरप्रमुख सुनिल प्रजापति सहितको टोलीले सलाँ गणेश, क्वाठण्डौं, जेँलामा खाना महोत्सव तथा स्थानीय उत्पादन प्रदर्शनी र सूर्यमढीमा सांस्कृतिक कार्यक्रम स्थलगत अवलोकन गरेका छन्।

भक्तपुर नगरपालिकाको आयोजनामा भएको योमरी प्रतियोगिता तथा प्रदर्शनीमा ६८ वटा योमरी प्रदर्शनीका स्थलहरू रहेका थिए। उद्घाटन र्‍याली विभिन्न सांस्कृतिक बाजा समूह, विद्यालय, सहकारी संस्था, नगरपालिकाका कर्मचारीहरू, स्थानीय जनता लगायतको उल्लेख्य सहभागितामा नगर परिक्रमा गरिएको थियो।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...