पूर्वहवलदारको हत्या आरोपमा पक्राउ परेका व्यक्ति कारागारबाटै छुटेकाे पुष्टि

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २० मंसिर । लमजुङमा नेपाल प्रहरीका पूर्वहवल्दारको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पूर्वहवल्दार सीता कँडेलको हत्या गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आपराधिक पृष्ठभूमि भएका एक व्यक्तिलाई पक्राउ गरेको हो।
सिआइबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार पक्राउ पर्ने व्यक्ति चितवनको रत्ननगर बस्ने ४७ वर्षीय बुद्धिराम दराई छन्। उनलाई बिहीबार रूपन्देही सिद्धार्थनगर-१ बेलहियाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लमजुङमा बुझाएको छ। ४५ वर्षकी सीताको शव २०८१ चैत ३१ गते दिउँसो साढे ३ बजेतिर घरभित्रै फेला परेको थियो।
उनी लमजुङ बेसीशहर नगरपालिका-२ भकुण्डेस्थित घरमा बस्थिन्। ताल्चा लगाइएको उनको घरबाट गन्ध आएपछि स्थानीयले प्रहरी बोलाएर खोलेर हेर्दा शव भेटिएको थियो।
शव  पलङमुनि त्रिपालले बेरिएको अवस्थामा फेला परेको थियो।
घटनाबारे सिआइबीको टोली परिचालन भई प्राविधिक तथा स्थलगत अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानकै क्रममा ४७ वर्षीय बुद्धिराम दराईको संलग्नता देखिएको हो।

दराई पहिल्यै कर्तव्य ज्यान कसुरमा कारागार भुक्तान गरिसकेका व्यक्ति हुन्। २०६७ मंसिर १३ गते गोरखा फिनामकी ५३ वर्षकी चिनीमाया पाण्डेको हत्या अभियोगमा दोषी ठहर भई जेल सजाय काट्दै थिए। चिनिमायाकी छोरी मेनुका भन्ने सम्झनासँग विवाह गर्ने विषयमा विवाद हुँदा बुद्धिरामले चिनिमायाको हत्या गरेका थिए। हत्या गरेको अभियोगमा गोरखा जिल्ला अदलतबाट २०६८ असार २० गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।
सजाय भुक्तानको क्रममा बुद्धिराम भिमफेदी कारागारमा थिए। त्यहाँ उनको चिनजान पूर्वहवल्दार सीता कँडेलसँग भएको थियो। ‘केही समय कारागारमा सजाय काटेपछि बुद्धिराम कारागारबाट रिहा भएका थिए,’ एसएसपी श्रेष्ठले भने।
उनका अनुसार दुई जनाबीच लेनदेन र अन्य कारण थियो। त्यस विषयमा विवाद हुँदा बुद्धिरामले सीताको हत्या गरेका थिए। सीताको घाँटी र टाउकोमा चोट थियो। पक्राउ परेका दराई विरूद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको सिआइबीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...