मध्यपुर थिमिमा दुईवटा संग्रहालय बन्दै

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १९ मंसिर । मध्यपुर थिमि नगरपालिकाले धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्वका सम्पदा संरक्षण सम्वर्दन,प्रवर्द्धन गर्दै नगरलाई पर्यटकिय गन्तव्य बनाउने लक्ष्य अनुरुप नगरको सम्पदा  झल्किने दुईवटा संग्रहालय बनाउने भएको छ । नगरपालिकाले नगरको ४ नम्बर वडामा अवस्थित ऐतिहासिक बालकुमारी मन्दिर परिसरमा मध्यपुर थिमिको इतिहासलाई प्रतिबिम्वत हुने किसिमका सामग्री संग्रहित गर्नेगरी संग्रहालय निर्माणमा लागेको नगरउप-प्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उक्त संग्रहालयमा विभिन्न कालखण्डमा मध्यपुर थिमिबाट चोरी भएर हराएका धार्मिक, ऐतिहासिक, सांस्कृतिक,पुरातात्त्विक मूर्ति/काष्ठकला, लिखित दस्तावेजलगायतका सामग्रीहरूको खोजी गरि संग्रहित गर्ने नगरपालिकाको लक्ष्य छ ।

त्यसैगरी, मध्यपुर थिमि-६ बसीपुखुमा प्रजापति समुदायको पेशा,संस्कृती  झल्किने किसिमको बसीपुखु संग्रहालय निर्माण गर्ने भएको छ । मध्यपुर थिमि प्रतिबिम्बित हुने र सम्पदा संरक्षणको महत्त्वलाई दर्शाउने किसिमको संग्रहालय निमार्णको कार्य अन्तिम चरणमा पुगेको मध्यपुर थिमि नगरउप-प्रमुख श्रेष्ठले बताए । ‘मध्यपुर थिमिको संस्कृति, सम्पदा संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि संग्रहालय निर्माणकाे काम अघि बढाएका छौं’, उनले भने ।
संग्रहालय निर्माणका लागि आर्थिकवर्ष २०८०/०८१ मा स्थानिय सरकार मध्यपुर थिमि नगरपालिकावाट  ३० लाख त्यस्तै  ०८१/८२ मा केन्द्रीय सरकारको तर्फबाट ९० लाख रूपैयाँ र नगरपालिकाले चालुआर्थिकवर्ष ०८२/८३ मा ५८ लाख रूपैयाँ विनियोजित गरेको नगरपालिकाले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...