हेरिटेज नेपाल न्यूज

लुटिएका हतियार बुझाउन सेनाको अनुरोध, नभए कारबाही गर्ने चेतावनी

Date:

Share post:

काठमाडौं, २५ भदौ । नेपाली सेनाले लुटिएका हतियार तथा गोलीगट्ठा बुझाउन अनुरोध गरेको छ। मंगलबार भएको प्रदर्शनको क्रममा लुटिएका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्री सुरक्षा निकायलाई बुझाउन सेनाले अनुरोध गरेको हो। हतियारको दुरूपयोग भएमा जनधनको क्षति समेत हुनसक्ने भन्दै सेनाले बुझाउन अनुरोध गरेको हो।

त्यस्तै, सुरक्षा निकायका पोशाकहरू पनि अनाधिकृत रूपमा प्रयोग नगर्न अनुरोध गरेको छ। हतियार तथा गोलीगट्ठा नबुझाई कसैसँग फेला पारेमा कानुन अनुसार कारबाही हुने समेत सेनाले चेतावनी दिएको छ।
यसअघि सेनाले रातभरिबाट २७ जनालाई नियन्त्रणमा लिएको छ। त्यसैगरी, ३१ वटा हतियार तथा गोलिगट्ठा समेत बरामद गरेको छ। बैंकबाट लुटिएको ३३ लाख ७० हजार नगद समेत बरामद भएको छ। साथै २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैर सैनिकको सैनिक अस्पतालहरुमा उपचार भैरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

रसुवामा बाढीले बेपत्ता भएका भक्तपुरका ४ मध्ये ३ एकै परिवारका

भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये...

शुक्रबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, १६ असोज । भारी वर्षाको पूर्वानुमानका आधारमा प्राकृतिक प्रकोप सिर्जित विपद् आउन सक्ने आकलन गरिएको छ ।...

आज महानवमी पर्व मनाउँदै

काठमाडौं, १५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष...

नवकुमारी आर्यतारा शाक्य

काठमाडौं, १४ असोज । नवकुमारी आर्यतारा शाक्यलाई कुमारीघर प्रवेश गराइएको छ। कुमारीघर प्रवेश गराई उनलाई शुभसाइतमा विधिवत् रूपमा...