सिंहदरबार, शीतल निवाससहित काठमाडौंका अधिकांश प्रशासकीय भवनमा जेनजीले लगाए आगो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५, भदौ । जेन-जीनले देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित काठमाडौंमा रहेका अधिकांश ठूला सरकारी कार्यालयमा आगो लगाएका छन्। सिंहदरबारमा मंगलबार दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन। सिंहदरबारभित्र सबैजसो मन्त्रालयमा आगो लागेका छन्।

काठमाडौंको आकाशमा रातभर बादल लागेको भए पनि पानी नपरेकाले सिंहदरबारभित्रको आगो नियन्त्रणमा आउन सकेन।जेन-जी प्रदर्शनकारीले दिउँसैदेखि सिंहदरबारको मूलगेट, पश्चिम गेटमा आगजनी गरेको भए पनि सुरक्षाकर्मीको उपस्थिति थिएन। सेनाको मुख्यालय आडमा रहेको सिंहदरबार, सर्वोच्च अदालत, सडक विभागलगायतको भवन दनदनी जल्दा पनि सेनाले आगो निभाउने केही प्रयास गर्न समेत सकेन । तोडफोड र आगजनी सकेर प्रदर्शनकारी निस्कन थालेपछि मंगलबार साँझमात्रै सेनाले उपस्थिति बढाएको थियो।

महाराजगञ्जमा रहेको राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास, संसद भवनमा पनि आगो अझै नियन्त्रणमा आएको छैन। काठमाडौंकै प्रहरी वृत्तहरु बौद्ध, महाराजगञ्ज, सोह्रखुट्टे, मातहतका प्रहरी चौकी, भक्तपुर/ललितपुरका प्रहरी कार्यालयहरू तोडफोड आगजनी गरी हातहतियार नियन्त्रणको छ । त्यस्तै कीर्तिपुर, गोकर्णेश्वर, मध्यपुर थिमि नगरपालिकाहरूका भवनमा पनि आगजनी र तोडफोड भएको छ।

त्यसैगरी, मन्त्री क्वाटर, प्रदेश सरकारको सरकारी भवन तथा मन्त्री क्वाटरमा, गाडी प्रधानमन्त्री, राष्ट्रपतिलगायत शीर्ष नेताहरू निवास, भाटभटेनी सुपर मार्केटको अधिकांश भवन  तोडफोड तथा आगलागी गरेर पूर्णरूपमा क्षति पुर्‍याएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...