लुटिएका हतियार बुझाउन सेनाको अनुरोध, नभए कारबाही गर्ने चेतावनी

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५ भदौ । नेपाली सेनाले लुटिएका हतियार तथा गोलीगट्ठा बुझाउन अनुरोध गरेको छ। मंगलबार भएको प्रदर्शनको क्रममा लुटिएका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्री सुरक्षा निकायलाई बुझाउन सेनाले अनुरोध गरेको हो। हतियारको दुरूपयोग भएमा जनधनको क्षति समेत हुनसक्ने भन्दै सेनाले बुझाउन अनुरोध गरेको हो।

त्यस्तै, सुरक्षा निकायका पोशाकहरू पनि अनाधिकृत रूपमा प्रयोग नगर्न अनुरोध गरेको छ। हतियार तथा गोलीगट्ठा नबुझाई कसैसँग फेला पारेमा कानुन अनुसार कारबाही हुने समेत सेनाले चेतावनी दिएको छ।
यसअघि सेनाले रातभरिबाट २७ जनालाई नियन्त्रणमा लिएको छ। त्यसैगरी, ३१ वटा हतियार तथा गोलिगट्ठा समेत बरामद गरेको छ। बैंकबाट लुटिएको ३३ लाख ७० हजार नगद समेत बरामद भएको छ। साथै २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैर सैनिकको सैनिक अस्पतालहरुमा उपचार भैरहेको जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...