भक्तपुरको मौलिक येन्याँ पुन्ही (इन्द्रजात्रा) प्रारम्भ

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर १९, भदौ ।भक्तपुरका परम्परागत २४ वटा टोलहरुमा यम द्यः (इन्द्र ध्वज) ठड्याउँदै भक्तपुरको मौलिक येन्याँ पुन्ही (इन्द्रजात्रा) आजबाट प्रारम्भ भएको छ । विगतमा भक्तपुरको पुरानो नगर क्षेत्रभित्र सयौंको संख्यामा उभ्याउने यम द्यः को गुठीको लागि छुट्याइएका स्रोत जग्गाहरु म्हासिँदा धेरै यम द्यः हरु ठडिन छोडेको छ ।

संस्कृतिकर्मीका अनुसार इन्द्रका छोराले इन्द्रका श्रीमतीको व्रतको लागि पृथ्वी लोकबाट खाइसी (सुन्तला जातको एक फल) लिन आउँदा बगैंचाको मालिकले चोरीको अभियोगमा समातेर बाटोमा बन्दी बनाई उभ्याइएको प्रतिकको रुपमा रहेको भनी जनविश्वास रहेको छ । त्यसैले उक्त यम द्यः चालाई इन्द्रजात्राको पूर्णिमाको दोस्रो दिनदेखि पृथ्वीलोकको राजाको प्रतिक मुपात्र र राजाका गण धिच्चाहरुसमेत भई नगरका सबै यम द्यः चाहरुको घुम्दै तरवारले हानेर दण्डित गरेको प्रतिकको रुपमा संस्कृति हालसम्म प्रलचन रहेको छ ।

सोही जात्राको अन्तिम दिन भक्तपुरमा इन्द्रको बहान ऐरावतको प्रतिक बाँसको चोयाबाट निर्मित मान्ड्रा (पुलु किसी) लाई पुरानो नगरभरि परिक्रमा गराई उक्त यम द्यःलाई पृथ्वी लोकको राजा मुपात्र बाट मुक्ति गराएपछि भक्तपुरको येन्याँ पुन्ही (इन्द्रजात्रा) विधिवत रुपमा अन्त्य हुन्छ । सोही क्रममा मुपात्रसँगै सलाँ गणेश, छुमा गणेश र मान्ड्रोको भैरव (पुलु याम्हा भैल द्य) र या मताहरु समेत नगर परिक्रमा गराउने प्रचलन रहेको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...

ब्युँतियो सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने व्यवस्था

काठमाडौं, ३२ असार । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले यस्तो...