मध्यपुर थिमी बोडे र थिमीमा जिब्रो छेडाएर संस्कृति बचाउनेलाई प्रदेश सरकारले २/२ लाख प्रदान गर्ने

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १९ भदौ । बागमती प्रदेश सरकारले मध्यपुर थिमी नगरपालिका बोडे र थिमीमा जिब्रो छेडाएर संस्कृति बचाउने व्यक्तिलाई दुई/दुई लाख रूपैयाँ प्रदान गर् साँस्कृति जात्रामा जिब्रो छेडाउने व्यक्तिलाई दुई लाख रुपैयाँ प्रदान गर्ने भएको छ।
प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको निर्णयअनुसार प्रत्येक वर्ष वैशाख २ गते बोडेमा र भाद्र शुक्ल पूर्णिमा (येन्या पुन्ही) का दिन थिमीको दिगुटोलमा जिब्रो छेडाउने व्यक्तिले यो रकम पाउनेछन्। स्थानीय भाषामा यसलाई म्ये प्वा खनिगु  भनिन्छ।

संस्कृति जगेर्ना र जात्राको निरन्तरताको लागि जिब्रो छेड्ने व्यक्तिहरूलाई प्रत्येक वर्ष प्रतिव्यक्ति दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले जानकारी दिए। ‘भक्तपुरको चिनारी यो जात्रा लोप हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी  जिब्रो छेड्नेहरूलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेका हौँ’, मन्त्री श्रेष्ठले भने, ‘परम्परालाई निरन्तरता दिए बापत प्रोत्साहनका लागि रकम उपलब्ध गराउन लागेका हौँ।’

यसवर्ष भाद्र पूर्णिमामा विरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाउने तय भएको छ। बोडेमा बैशाख २ गते सुजन बाग श्रेष्ठले जिब्रो छेडाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं, १५ भदौ । अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । आपत्कालीन...