काठमाडौं महानगरको मेयरमा उठ्ने सुमना श्रेष्ठको घोषणा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदबाट राजीनामा दिएर दलविहिन बनेकी सुमना श्रेष्ठले आगामी स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
उनले सामाजिक संजालबाट आफू मेयरमा उठ्ने निर्णयमा पुगेको सार्वजनिक गरेकी हुन् । ४ बैशाखमा उनले रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।
उनले मेयर पदको उम्मेदवारीको घोषणा गरेपनि कुनै दलबाट उनी मेयरमा उठ्न लागेकी हुन् वा स्वतन्त्र उठ्ने निर्णयमा पुगेकी हुन् भन्नेबारे खुलाएकी छैनन् ।

उनले फेसबुकमा लेखेकी छिन् :
मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।

रास्वपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी सुमना २०८० फागुन २३ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएकी थिइन् । संसद्‌मा छँदा उनले क्यालेन्डर बनाउनुपर्ने माग राखेर त्यसलाई व्यवहारमा उतार्न बाध्य बनाएकी थिइन् भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा समेत सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।

काठमाडौं महानगरपालिका-२६ की स्थायी बासिन्दा श्रेष्ठले व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी छिन् । उनले अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) स्लोन स्कुल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी हुन् । त्यसभन्दा अघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफोर्ड कलेजबाट गणितमा स्नातक गरेकी थिइन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...