धुलिखेलमा ‘काठमाडौँ-धुलिखेल मैत्री पार्क’ निर्माण हुने : नगर-नगर साझेदारी सम्झौता पत्रमा हस्ताक्षर

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०८ मंसिर । काभ्रेपलाञ्चोकको धुलिखेल नगरमा काठमाडौं-धुलिखेल मैत्री पार्क निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र धुलिखेल नगरपालिकाको संयुक्त लगानीमा पार्क निर्माण गर्न मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख  निराजन जंगमले हस्ताक्षर गरेका छन्।

सम्झौताबमोजिम धुलिखेल नगरपालिका वडा वडा नं.  ७ टुँडिखेलस्थित करिब १० रोपनी क्षेत्रफलको जग्गामा साझेदारी प्रारूपको पार्क निर्माण हुनेछ । पार्क निर्माणको अनुमानित लागत ७ करोड रुपैयाँ छ । बहुवर्षिय योजनाका रुपमा अगाडि बढाइने कार्यक्रमका लागि महानगरपालिकाले यस वर्ष १ करोड रुपियाँ लागत सहभागिता उपलब्ध गराउनेछ । यसरी उपलब्ध गराएको रकम त्यही योजना, त्यही स्थानका लागि मात्र खर्च गरिनेछ ।
<span;>सम्झौतापछि महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले, यस्ता कार्यक्रम कार्यान्वयनमा नागरिक सहभागिता र अपनत्व प्रमुख सर्त भएको बताएकी छन् । नत्र, कसले बनायो? कसका पालामा बनेको हो जस्ता कुराले योजना नै अलपत्र पर्न सक्छ । यो नागरिक केन्द्रित कार्यक्रम हो भन्ने बिर्सन हुँदैन भन्ने उनको भनाइ छ । वातावरणमैत्री पूर्वाधार निर्माणको कुरा गर्दै उनले भनिन्, ‘अत्यावश्यक परेका ठाउँमा मात्र कंक्रिटको प्रयोग गरौँ । प्राकृतिक स्वरुप पार्कको मूलभुत विशेषता हुनुपर्छ ।’

कार्यक्रममा धुलिखेलका कार्यवाहक प्रमुख जंगमले भने, ‘हामीले मात्रै यति ठुलो योजनामा आँट गर्न सकेका थिएनौँ । काठमाडौँ महानगरपालिकाले वास्तवमै हामी जस्ता नगरको अवस्था उकास्न सहयोग गरेको छ । हामी सम्झौतामा उल्लेख भएको व्यवस्थाभन्दा पनि उत्तम नतिजा दिन चाहन्छौँ ।’ कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले निर्धारित समयभित्र काम सम्पन्न हुने आशा व्यक्त गरे । त्यस्तै, धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यम बहादुर कुँवरले नगरस्तरीय मैत्री सम्बन्धलाई दिगो बनाउने माध्यमका रुपमा पार्क निर्माण गरिने बताएका छन् ।

सम्झौता बमोजिम साझेदारी प्रारुपमा निर्माण हुने पार्क प्रवेश गर्दा जारी हुनसक्ने टिकट, पार्क सम्बन्धी डकुमेन्ट्री, ब्रोसर, शिलालेख वा यस सम्बन्धी थप कागजातहरू समेतमा ‘काठमाडौँ महानगरपालिकाको साझेदारीमा निर्माण भएको पार्क’ भन्ने बेहोरा उल्लेख हुनेछ । पार्क निर्माण गर्न थप प्राविधिक परामर्श आवश्यक परेर माग भएमा महानगरपालिकाले विषयबिज्ञबाट निःशुल्क परामर्श सेवा उपलब्ध गराउनेछ । 

तस्बिर : काठमाडौं महानगरपालिका ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सकिमना पुन्ही मनाइयो

भक्तपुर, ०८ मंसिर । मन्दिर परिसरमा दाफा भजन । बीचमा भुटेको मकै, कालो भटमास, गहुँबाट बनाइएको गणेशको आकृति...

लुम्बिनी विकास कोषको उपाध्यक्ष आनी छोइङ डोल्माविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, ०८ मंसिर । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नियुक्तिविरुद्ध...

क्यान्सर र मिर्गौलाका औषधि उपलब्ध गराउन विभागले सार्वजनिक गर्‍यो कम्पनी र सम्पर्क व्यक्तिको विवरण

काठमाडौं, ०८ मंसिर । क्यान्सर र मिर्गौलाका बिरामीले प्रयोग गर्ने अत्यावश्यक औषधि बजारमा अभाव भएको गुनासो बढेपछि औषधि...

काठमाडौं महानगरमा सुरू भयो जलवायु सप्ताह

काठमाडौं, ०८ मंसिर । काठमाडौ महानगरपालिकामा सोमबारबाट जलवायु सप्ताह सुरू भएको छ । मंसिर १३ गतेसम्म चल्ने सप्ताहव्यापी...