सूर्यविनायक नगरपालिकाले थाल्यो ठेक्का बोलपत्रमा नयाँ अभ्यास

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २० कात्तिक । सूर्यविनायक नगरपालिकाले विकास निर्माणसम्बन्धी १३ वटा ठेक्काको बोलपत्र खोल्ने प्रक्रिया पहिलोपटक प्रत्यक्ष प्रसारण (लाइभ) गरेको छ । सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक र जवाफदेही बनाउने उद्देश्यले नगरपालिकाले बोलपत्र मूल्याङ्कन तथा खोल्ने कार्यको भिडियो रेकर्डिङसहित अनलाइन प्रत्यक्ष प्रसारण गरेको हो ।

नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार १३ वटा ठेक्काका लागि कुल ९ सय ४७ वटा बोलपत्र फारम बिक्री भएका थिए । एउटा फारमको मूल्य ३ हजार रुपैयाँ तोकिएको थियो । यसअनुसार फारम बिक्रीबाट नगरपालिकाले २८ लाख ४१ हजार रुपैयाँ आम्दानी समेत गरेको छ ।
नगरपालिकाले सार्वजनिक गरेको विवरणमा १३ वटा ठेक्काको कुल लागत अनुमान भ्याटसहित १६ करोड २८ लाख ४८ हजार २ सय रुपैयाँभन्दा बढी रहेको छ । यी आयोजनाका लागि सबैभन्दा बढी फारम बिक्री भएको ठेक्कामा १ सय ६५ वटा र सबैभन्दा कम फारम बिक्री भएको ठेक्कामा ५ वटा फारम बिक्री भएको विवरणमा उल्लेख छ ।

नगरपालिकाका अनुसार सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार हुँदै आएका खरिद प्रक्रियामा सरकारी ईजीपी (इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्योरमेन्ट) पोर्टलमा देखिएको प्राविधिक समस्याका कारण विकास निर्माणका ठेक्का आह्वानमा कठिनाइ भएको थियो । पोर्टलको समस्या समाधान हुन करिब दुई महिना लाग्ने अवस्था आएपछि सरकारी परिपत्रअनुसार हार्डकपीमार्फत बोलपत्र आह्वान गरिएको हो । हार्डकपीमार्फत बोलपत्र आह्वान गर्दा बोलपत्रको गोपनीयता र सुरक्षासँगै मूल्याङ्कन प्रक्रियालाई पारदर्शी बनाउन नगरपालिकाले नयाँ अभ्यास सुरु गरेको जनाएको छ । बोलपत्र खोल्ने र मूल्याङ्कन गर्ने प्रक्रियालाई भिडियो रेकर्डिङसहित अनलाइनबाट प्रत्यक्ष प्रसारण गरिएको हो । भक्तपुरको नमस्ते ख्प्प टेलिभिजनको फेसबुक पेज र सूर्यविनायक नगरपालिकाको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको भिडियो हेर्न सकिनेछ । नगरपालिकाका पूर्वाधार शाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर जनक न्यौपानेको नेतृत्वमा नगरपालिकाको टिमले बोलपत्र खोल्ने काम गरेको थियो ।

नगर प्रमुख बासुदेव थापाले सार्वजनिक खरिद प्रक्रियामा स्वच्छता, पारदर्शिता र जवाफदेहिता कायम गर्ने उद्देश्यले सुरु गरिएको यो अभ्यासले नगरपालिकाको भ्रष्टाचार शून्य सिद्धान्तलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । उनले यस कार्यक्रमको सफलताका लागि शुभकामना दिँदै नगरवासी, संघसंस्था तथा सम्बन्धित सबैलाई सहकार्यका लागि आग्रह गरेका छन् ।
यसबाट बोलपत्रमा सहभागी निर्माण व्यवसायीले थप शुल्क नतिरी आफूले वा अन्य प्रतिस्पर्धीले पेस गरेको बोलपत्रको सफ्टकपी जुनसुकै समयमा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । आज कार्तिक २० वाट खोल्न सुरु भएको बोलपत्र   सबै खोलिसक्न १ महिना लाग्ने नगरपालिकाको पूर्वाधार शाखाले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...